पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>सरु शर्मा/बैशाख १९, नवलपरासी ।</b> नवलपरासीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । <br></p><p>पुर्बबाट पश्चिम तर्फ आउदै गरेको ना ६ ख ३७७९ नम्बरको ट्रकले आज मँगलबार बिहान ५:५० बजेको समयमा बाटोमा ठेला लिएर हिडिरहेका एक जनालाई ठक्करदिदाँ उनको घटना स्थलमा नै ज्यान गएको जिप्रका नवलपरासीले जनाएको छ । </p><p> घटना मध्यबिन्दु नगरपालिका ११ अरुणखोला पुल नजिकै भएको प्रहरीले जनाएको छ । मृत्यु हुने व्यक्ति सोही ठाउँ निवासी अन्दाजि बर्ष ४० का सागर पोख्रेल रहेको प्रहरीले जानकारी दिएको छ । ठक्कर दिने ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेको छ । </p>

