२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरामा कती भयो आगलागीको क्षती (बिबरण सहित)

२३ बैशाख २०७३, बिहीबार १३:१८

ललित बोहरा/ बैशाख २३, डडेल्धुरा । गत बैशाख १७ गते शुक्रवार डडेल्धुराको मुख्य व्यपारिक केन्द्र बागबजारमा भएको आगलागीबाट ढाई करोड बराबरको क्षती भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी करुणाकर अवस्थिको संयोजकत्वमा गठन भएको क्षति मुल्यांकन समिती द्धारा सार्वजनिक गरिएको प्रतिवेदनका अनुसार आगलागीबाट भण्डै ढाई करोड बराबरको क्षती भएको ठहर गरिएको छ ।

आगलागीबाट पुर्ण रुपमा भएको क्षती अनुसार एक कारोड ४८ लाख ७७ हजार नाँै सय ८० रुपैया बराबरको सामान, घरको मुल्यांकनमा ४० लाख दुई हजार पाँच सय ९० रुपैया बराबरको क्षती भएको प्रतिवेदनमा उल्लेख छ । घर सामानको गरि जम्मा एक करोड ८० लाख पाँच सय ७० पुर्ण क्षती भएको छ । यसैगरी आगलागी हुदा छेउछाउका पसरहरुको सामान ओसार पसार गर्दा टुटफुट, चोरी गरि कञ्चनडेभ्लपमेन्ट बैक संगै १४ वटा फर्मको आंसिक क्षती ५१ लाख ७४ हजार एक सय छ रुपैया बराबरको क्षती भएको जनाईएको छ ।

पुर्ण र आंसिक क्षती गरि कुल दुई करोड ४० लाख ५४ हजार छ सय ७६ रुपैया बराबर क्षती भएको प्रतिवेदन सार्वजनिक गरिएको छ । आगलागीबाट खानेपानीका पाईपलाईन, टेलिफोन लाईन, पोल केबल लाईनमा समेत क्षती पुगको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यस्तै जिल्ला दैविप्रकोप उद्दार समितीको प्रशासन कार्यालयमा बिहीवार बसेको बैठकले आगलागी पिडितलाई राहात रकम अनुमोदन गर्ने निर्णय गरेको छ । आगलागीबाट पिडित मैना कुमारी भट्ट जोशी र ताराप्रशाद भट्टलाई बिस बिस हजार रुपैया, टेकराज पाण्डेय, प्रकाशराज पाण्डेय, गोबिन्द बहादुर थापा, गणेशराज पन्त र लोकराज भट्टलाई पाँच हजारका दरले राहात रकम दिईएको छ । पिडितलाई थप राहात रकम उपलब्ध गराउन प्रतिवेदन सहित केन्द्रिय दैवि प्रकोप उद्दार समितीमा अनुरोध गरि पठाउने निर्णय गरिएको छ ।

आगलागी नियन्त्रणमा स्काईभेटर सहित उद्धार कार्यमा संलग्न उद्योग वाणिज्य संघ डडेल्धुराका निवर्तमान अध्यक्ष प्रकास साउदलाई कदर पत्र र स्काईभेटर अपरेटर हरिकृष्ण बिष्टलाई नगद पाँच हजार रुपैया सहित कदर पत्रले सम्मान गरिएको छ । गत बर्ष २०७२ साउन १ गते देखि बैशाख २२ गते सम्म आगलागी, बाढी, पहिरो, हुरीबतास, चट्यांग जस्ता प्राकृतिक प्रकोपमा परेका ४३ परिवारलाई वितरण गरिएको दुई लाख पाँच हजार रकम अनुमोदन गरिएको छ । गैर सरकारी सस्था एमपिडियस को पाँच लाख, मर्सिकोर÷म्रेडको पचास हजार र जिल्ला विकास समिती सांसद विकास कोष डा. आरजु राणा देउवा मार्फतको दुईलाख गरि कुल सात लाख पचास हजार रकमको दैवि प्रकोप उद्धारमा आवश्यक सामाग्री खरिद गरिने निर्णय गरिएको छ ।

यसै गरि जिल्ला वन कार्यालय डडेल्धुरा अन्तर्गत साविको जोगबुढा ९ मा रहेको वैजनाथ सामुदायिक वनमा गत २०६६÷०६७ सालमा कटान भएका सालका गोलिया ५७९ थानको ६८५.९७ क्यु फिट काठ तथा वैजनाथ सल्लेरी सामुदायिक वन जोबुढा ४ को वनबाट साल गोलिया ९ थान १३०.८३ क्यु फिट काठ आगलागीबाट नष्ट भएको भन्दै मिनाहका लागी सिफारिस गर्ने निर्णय जिल्ला दैवि प्रकोप उद्धार समितीले गरेको छ । २०७२ बैशाख १८ गते मध्यान्ह १२ बजे कञ्चनपुर तर्फको वनबाट सल्केर आएको आगोले उक्त काठ जलेर नष्ट भएको जनाईएको छ ।

२०७२ माघ १० गतेको जिल्ला दैवि प्रकोप उद्धार मितीको आगलागी क्षेत्र अनुगमन टोली गठन गरि अनुगमन गरि फिल्ड प्रतिवेदनका अनुासर मिनाह गर्ने निर्णय गरिएको बैठकमा जनाईएको छ । काठको लिलामी प्रक्रिया अगाढी बढाउदै गर्दा घाटगद्धिमा काठ जलेको जनाईएको छ । २०६६/०६७ सालमा कटान भएका काठमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट कारबाही अनुसन्धान भई बिशेष अदालतमा मुद्दा दायर भए पछि काटिएको काठ जंगलबाट उठ्न सकेको थिएन

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो