१२ पुष २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

बर्दियामा जिप जलाएको आरोपमा एक महिला पक्राउ

१९ बैशाख २०७४, मंगलवार ०९:२६

बैशाख १९, बर्दिया । जिपमा आगजनी गरेको आरोपमा एक महिलालाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । 

गुलरिया नगरपालिका– ४ टेपरा गाउँका विनोदकुमार पण्डितको आफ्नै घर अगाडि रोकी राखेको बा १६ च ३२४४ नम्बरको जिपमा सोमबार राति आगजनी गरेको आरोपमा सोही स्थानकी ३८ वर्षीय पार्वती गोडियालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भरतबहादुर बोहराले बताउनुभयो । 

आगलागीबाट जिपको भित्र र बाहिरी भागमा क्षती भएको र मर्मतका लागि करिब रु पाँच लाख खर्च हुने अनुमान गरिएको छ । पक्राउ परेकी गोडियाको घरबाट जलेको बोतललगायत अन्य सामान फेला परेकाले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो । 

जिपमा लागेको आगो करिब २० मिनेटपछि स्थानीयवासी र प्रहरीले नियन्त्रणमा लिएका थिए । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्र बैंकले गर्यो ३ वटा रेमिट्यान्स कम्पनीको इजाजत खारेज नेता भण्डारीको प्रश्न : सम्पति शुद्धीकरणको मुद्दा जहाँबाट पनि चलाउने हो भने अब बाँकी रहन्छ को? पोस्टरमा यस्तो देखियो फिल्म ‘होस्टेल ३’ रूसी मिसाइलले अजरबैजानको जहाज खसालेको दाबी आफ्नै फ्ल्याटमा मृत भेटिइन् भारतीय आरजे सिमरन सिंह म्यासेडोनिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ सहकारी ठगी प्रकरणमा रवि लामिछानेसँग दोस्रो दिन बयान सुरु एनएपीएलमा छक्का हानेको बल क्याच गरेर ४ जनाले पाए २५/२५ हजार सरकारलाई जनकपुर बोल्ट्सले साढे २७ लाख कर दिनुपर्ने, अरु टोलीले कति? दुर्गा प्रसाईंलाई रिहा गर्ने आदेशविरुद्ध पुनरावलोकन गर्दै सरकार राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकबाट हट्दै मोन्टी देसाई आज बढ्याे सुनचाँदीको मूल्य, प्रतितोला कति? मोटरसाइकल दुर्घटना हुँदा पछाडि सवार एक जना युवकको मृत्यु रास्वपाको सचिवालय बैठक आज बस्दैँ यस्तो छ, शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर ! संघीय संसद अन्तरगत दुई समितिको बैठक आज बस्दै भारतीय पूर्वप्रधानमन्त्री डा.मनमोहन सिंहको निधन आज पनि रास्वपा सभापति लामिछानेको बयान हुदैँ उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना शुक्रबार साँझदेखि अर्को मौसम प्रणाली भित्रिँदै, कहाँ-कहाँ पर्ला पानी ?