मकरराज धामी/बैशाख १९, बझाङ । बिद्यार्थीहरु यार्सागुम्बा टिप्न लेक तिर लागे पछि बझाङका अधिकांस बिद्यालयहरु भर्ना कार्यक्रम सकिए संग असार मसान्त सम्मका लागी ब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मकरराज धामी/बैशाख १९, बझाङ । बिद्यार्थीहरु यार्सागुम्बा टिप्न लेक तिर लागे पछि बझाङका अधिकांस बिद्यालयहरु भर्ना कार्यक्रम सकिए संग असार मसान्त सम्मका लागी ब"/>

2026-07-26 02:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङका बिद्यार्थी यार्सागुम्वा टिप्न गएपछि भर्ना कार्यक्रम संगै बिद्यालय बन्द


मकरराज धामी/बैशाख १९, बझाङ । बिद्यार्थीहरु यार्सागुम्बा टिप्न लेक तिर लागे पछि बझाङका अधिकांस बिद्यालयहरु भर्ना कार्यक्रम सकिए संग असार मसान्त सम्मका लागी बन्द भएका हून् । 

देशब्यापी रुपमा विद्यार्थि भर्ना अभियान चलाइरहेकै बेला बझाङ जिल्लाका ५० भन्दा बढी बिद्यालय करिव तिन महिनाका लागी बन्द भएका छन् । जिल्लाको उत्तरी भेगमा पर्ने कांडा, तल्कोट, सूर्मा, छविस पाथेभेरी,मष्टा गाउपालिका लगायत बुङ्गल र जयपृथ्वी नगरपालिकाको उत्तरी भेगका बिद्यालयहरु बन्द भएका हुन । केहि बिद्यालयहरु जेठको पहिलो हप्ता सम्म मात्र खुल्ने भएका छन् ।

मुख्य आयस्रोतको माध्यमका रुपमा रहेको यार्सागुम्बा टिप्न ७÷८ बर्षका बालक देखि ७० बर्षका बृद्धहरु जोखिम मोलेर लेक तिर चढ्ने गरेका छन् । बिद्यालय बन्द भएपछि बिद्यार्थीहरु संगै स्थानिय शिक्षक शिक्षीकाहरु पनि यार्सागुम्बा टिप्न लेक तिर जान थालेका छन् । 

बैशाखको दोस्रो साताबाट सुरु गरी असारको मसान्त सम्म यार्सागुम्बा संकलन गर्ने हुनाले यस क्षेत्रका विद्यालयहरु ३ महिनाका लागी बन्द भएका कांडाका एक शिक्षक उज्वल बोहराले जानकारी दिनु भयो । यार्सागुम्बा टिप्नको लागी छिमेकि जिल्ला बाजुरा, बैतडि, हुम्ला, दार्चुला, डडेल्धुरा, कञ्चनपुर कैलाली लगायतका जिल्ला बाट मानिसहरु आउने गरेका छन् । 

खडेरीका कारण अघिल्लो बर्ष निकै घटेको यार्सागुम्बाको उत्पादन यस वर्ष भने चैतमै बर्षा सुरु हुन थालेको र लेकमा हिउ जम्मा भई रहेकाले उत्पादन बढ्ने अनुमान संकलकहरुले गरेका छन ।       

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ