मकरराज धामी/बैशाख १९, बझाङ । बिद्यार्थीहरु यार्सागुम्बा टिप्न लेक तिर लागे पछि बझाङका अधिकांस बिद्यालयहरु भर्ना कार्यक्रम सकिए संग असार मसान्त सम्मका लागी ब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मकरराज धामी/बैशाख १९, बझाङ । बिद्यार्थीहरु यार्सागुम्बा टिप्न लेक तिर लागे पछि बझाङका अधिकांस बिद्यालयहरु भर्ना कार्यक्रम सकिए संग असार मसान्त सम्मका लागी ब"/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङका बिद्यार्थी यार्सागुम्वा टिप्न गएपछि भर्ना कार्यक्रम संगै बिद्यालय बन्द

१९ बैशाख २०७४, मंगलवार ०९:५४


मकरराज धामी/बैशाख १९, बझाङ । बिद्यार्थीहरु यार्सागुम्बा टिप्न लेक तिर लागे पछि बझाङका अधिकांस बिद्यालयहरु भर्ना कार्यक्रम सकिए संग असार मसान्त सम्मका लागी बन्द भएका हून् । 

देशब्यापी रुपमा विद्यार्थि भर्ना अभियान चलाइरहेकै बेला बझाङ जिल्लाका ५० भन्दा बढी बिद्यालय करिव तिन महिनाका लागी बन्द भएका छन् । जिल्लाको उत्तरी भेगमा पर्ने कांडा, तल्कोट, सूर्मा, छविस पाथेभेरी,मष्टा गाउपालिका लगायत बुङ्गल र जयपृथ्वी नगरपालिकाको उत्तरी भेगका बिद्यालयहरु बन्द भएका हुन । केहि बिद्यालयहरु जेठको पहिलो हप्ता सम्म मात्र खुल्ने भएका छन् ।

मुख्य आयस्रोतको माध्यमका रुपमा रहेको यार्सागुम्बा टिप्न ७÷८ बर्षका बालक देखि ७० बर्षका बृद्धहरु जोखिम मोलेर लेक तिर चढ्ने गरेका छन् । बिद्यालय बन्द भएपछि बिद्यार्थीहरु संगै स्थानिय शिक्षक शिक्षीकाहरु पनि यार्सागुम्बा टिप्न लेक तिर जान थालेका छन् । 

बैशाखको दोस्रो साताबाट सुरु गरी असारको मसान्त सम्म यार्सागुम्बा संकलन गर्ने हुनाले यस क्षेत्रका विद्यालयहरु ३ महिनाका लागी बन्द भएका कांडाका एक शिक्षक उज्वल बोहराले जानकारी दिनु भयो । यार्सागुम्बा टिप्नको लागी छिमेकि जिल्ला बाजुरा, बैतडि, हुम्ला, दार्चुला, डडेल्धुरा, कञ्चनपुर कैलाली लगायतका जिल्ला बाट मानिसहरु आउने गरेका छन् । 

खडेरीका कारण अघिल्लो बर्ष निकै घटेको यार्सागुम्बाको उत्पादन यस वर्ष भने चैतमै बर्षा सुरु हुन थालेको र लेकमा हिउ जम्मा भई रहेकाले उत्पादन बढ्ने अनुमान संकलकहरुले गरेका छन ।       

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने