2026-09-19 12:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

सुदूरपश्चिममा एकबर्ष यता ओखेटोपहार, चितुवा र बाघको छाला सहित ३५ अभियुक्त पक्राउ

ललित बोहरा/ बैशाख २८, डडेल्धुरा ।  सुदूरपश्चिमका बिभिन्न क्षेत्रबाट एक बर्ष यता एक सय ३५ किलो ओखेटोपहार, २० थान चितुवाको छाला तथा ९ थान पाठे बाघको छाला सहित ३५ जना अभियुक्त पक्राउ परेका छन ।

यस्तै डडेल्धुराको जोगबुडाबाट चितुवाको छाला र ओखेटोपहार सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । डडेल्धुराको जोगबुडा बसपार्कबाट दुई थान चितुवाको छाला र साढे ८ किलो ओखेटोपहार सहित दुई जनालाई गएराती ३ बजे प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा डडेल्धुरा जोगबुडा नगरपालिका–७ भुन्टेगडा बस्ने २५ बर्षिय मान बहादुर महता र सोही ठाउँका ३५ बर्षिय जय बहादुर बोहरा रहेका छन । उनीहरुलाई भारतको बन्यजन्तु संरक्षण निकाय पि.एस.आई. को सहयोगमा केन्द्रिय अनुसन्धान ब्युरो र क्षेत्रीय अनुसन्धान समुह दिपायलको संयुक्त टोलीले पक्राउ गरेको हो ।

बरामद गरिएको छालाको करिब ८ फिट लम्बाई रहेको छ । उक्त छाला र हड्डी भारतबाट ल्याएको अभियुक्तले बयान दिएका छन । बरामद गरिएको छाला तथा हडडी सहित पक्राउ परेका दुबै जनालाई जोगबुढा स्थित ईलाका प्रहरी कार्यालयलाई बुझाईएको छ । केहि समय यता चितुवाको छाला र हड्डी चोरीशिकारी हुने क्रम बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई