१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

बस भित्रै यात्रुको ज्यान गयो

१२ भाद्र २०७२, शनिबार ०६:३०

विमल धामी/भदौँ १२, कञ्चनपुर । कञ्चनपुरको दक्षिणी क्षेत्र जोड्ने सबैभन्दा छोटो दुरीमा रहेको दैजी–बेल्डाँडी–बेलौरी सडक खण्डमा एक जनाको बस भित्रै मृत्यु भएको छ । बेलौरी देखि महेन्द्रनगर आउने क्र्ममा सुडा १ भुडाका ५५ बर्षिय स्थानिय सोमन रानाको शनिबार दिउँसो बसभित्रै मृत्यु भएको प्रहरीले जनाएको छ ।

daiji beldadi sadakkhanda

ईलाका प्रहरी कार्यालय बेल्डाँडीका अनुसार बेलौरी देखि महेन्द्रनगर तर्फ आईरहेको म१ख ४१८ नम्बरको बसमा कालिकिच पुग्दा रानाको बसभित्रै मृत्यु भएको हो । ईलाका प्रहरी कार्यालय बेल्डाँडीका इन्चार्ज नेत्र बहादुर बोहराले जन्डिसका बिरामी रानाको बेलौरी देखि कालिकिच पुग्दा बसभित्रै ज्यान गएको जानकारी दिनुभयो । उहाँका अनुसार उपचारका लागि शनिबार बिहान सुडा देखि बेलौरी आएर वैद्यकहाँ उपचार गराए घर फर्कने क्र्ममा कालिकिच पुग्दा उनको बिच बाटैमा मृत्यु भएको हो ।

जन्डिसका बिरामी रानाको कालगतीको मृत्यु भएको प्रहरीको भनाई छ । श्रीमती सुमित्रा रानासंगै उपचारका लागि बेलौरी गएका रानाको कच्ची सडक विच बाटैमा मृत्यु भएको मृतक रानाका श्रीमतीले बेल्डाँडी प्रहरी समक्ष बताएकी छिन् । श्रीमानको उपचारपछी निको हुने आशा बोकेको रानाकी श्रीमती आफ्ना श्रीमानको यसरी बिचबाटैमा मृत्युभएपछि शोकमा डुबेकी छिन् ।

‘उपचार गर्न वैद्यकहाँ गएर अब निको हुने आशा थियो, तर विच सडकमै श्रीमान पुगाउनु प¥यो । उनले रुदै भनिन् । प्रहरीले मृतक राना र अन्य यात्रुहरुलाई सोही बसमै महेन्द्रनगर पठाएको छ । यसरी कच्ची सडकमा यात्रुहरुको ज्यान थान थालेपछि यात्रुहरु त्रसित भएका छन् । दक्षिणी क्षेत्रका स्थानियहरुले सरकारसंग सो सडक कालोपत्रे गर्नका लागि माग गरेपनि सरकारी उदाशिनता, हेपाह प्रवृती र उपेक्षित व्यवहारका कारण सडक बन्न नसक्दा यस्तो परिमाण घटेको दक्षिणी क्षेत्रका स्थानियहरुले विश्लेषण गरेका छन् ।

कच्ची सडक त्यसमा बिरामी भएका कारण रानाको मृत्यु भएको सो क्षेत्रका स्थानियहरुको भनाई छ । घटनाका प्रत्यक्षदर्शी बेल्डाँडीका स्थानिय मदन भट्टले कच्ची सडकमा बिरामीहरुलाई धक्का परेकाले उनको मृत्यु भएको बताए । ‘कच्ची सडक बर्षातका बेला बिग्रीएको छ, त्यसमा बिरामी हुँदा उनको धक्कापक्काले मृत्यु भएको हो ।’, उनले भने ।

स्थानिय भट्टले कच्ची सडका कारण उनको मृत्यु भएको दावि गर्नुभयो । राज्यको कमजोरीका कारण उनको मृत्यु भएको भट्टको दावि छ । ‘एक पटक यो सडकमा यात्रा गर्दा राम्रै मान्छेपनि, बिरामी हुन्छ, बिरामी मान्छले दुई पटक ओहोरदोहोर गर्दा नमर्ने कुरै भएन् ।’, उनले भने । कालोपत्रे सडक भए, उनको मृत्यु नहुने उनको भनाई छ ।

सरकारी उदाशिनताका कारण आज दक्षिणी क्षेत्रका स्थानिय, गर्भवती महिला, बिरामी, बृद्धबृद्धा, बालबालिकाहरुले अकालमै ज्यान गुमाउन लागेको समस्या दर्साउदै सरकारले उक्त कच्ची सडक यथाशिघ्र कालोपत्रे गराउनुपर्ने उनको सुझाव छ । जिल्लाकै समग्र विकासका लागि पनि सो सडक कालोपत्रे हुनपर्ने स्थानियहरुको माग छ । कञ्चनपुरबाट एक मन्त्री ११सभाषद भएपनि दक्षिणी क्षेत्रका जनताका लागि उनीहरुले मुखै नखोलेका कारण यस्ता समस्या आउन लागेको उनको भनाई छ ।

पूर्व पश्चिमराजमार्ग दैजी देखि बेल्डाँडीसम्म १९ किलोमिटर जंगलको बाटो सुधार नभएका कारण हरेक बर्ष दक्षिणी क्षेत्रका दुई नगरपालिका , दुई गाविसका स्थानियहरु समस्यामा पर्दै आएका छन् । बर्षातका बेला सडक हो, कि रोपाईको खेत जस्तो देखिने उक्त सडकमा दक्षिणी जनताको खुकुरीको धारमा यात्रा गर्नु परेको छ ।

दक्षिणी जनताको मागका वेवास्ता नगर्न समेत संघर्ष समितिले आग्रह गरेको छ । सडक सुधार नभएका कारण मानविय पिडाका साथै राष्ट्रिय उत्पादनमा समेत नराकात्मक प्रभाव पारेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली