१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

अखिल क्रान्तिकारी कञ्चनपुरको सम्मेलन सम्पन्न, अध्यक्षमा भट्ट

१२ भाद्र २०७२, शनिबार ०७:२९

भाष्कर केसी/भदौँ १२, कञ्चनपुर ।
एकिकृत नेकपा माओवादी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन कञ्चनपुरको ११ औँ जिल्ला सम्मेलन सम्पन्न भएको छ । शुक्रबार देखि महेन्द्रनगरमा शुरु भएको सम्मेलन शनिबार सम्पन्न भएको क्रान्तिकारीले जनाएको छ ।

क्रान्तिकारीले शनिबार महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै सम्मेलन भव्य रुपमा सफल भएको जनाएको छ । सम्मेलनबाट क्रान्तिकारीका नेता भीम भट्टको अध्यक्षतामा ३१सदस्यी सर्वसम्मतीबाट चयन भएका छन् । उपाध्यक्ष लक्ष्मी जोशी, कविराज धामी(तुफान), सचिव बिरेन्द्रराज विष्ट, सह–सचिव हेमजङ्ग थापा, केदारी राना,कोषाध्यक्ष अर्जुन भट्ट चयन भएका छन् ।

सचिवालय सदस्यहरुमा भुवन विष्ट,दिपक बाँनिया,प्रेम रावत, रुम्का बम रहेका छन् । यस्तै सम्मेलनले पाँच जनालाई राज्य समितिका सिफारिस गरेको अध्यक्ष भीम भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार क्रान्तिकारीका नेता प्रमानन्द जोशी, मान बहादुर राना, गोकर्ण चन्द,कुवेर धामी र दशरत भण्डारीलाई राज्य समितिमा सिफारिस गरिएको छ । सचिव बिरेन्द्र राज विष्टले सम्मेलनबाट क्रान्तिकारीले विभागको समेत जिम्मेबारी तोकेको जानकारी दिनुभयो ।

उहाँका अनुसार उपाध्यक्ष लक्ष्मी जोशीलाई महिला विभाग, सह–सचिव हेमजंङ्ग थापालाई प्रकासन विभागको जिम्मेबारी दिईएको छ । क्रान्तिकारीले चारै निर्वाचन क्षेत्रमा संयोजकको पनि जिम्मेबारी तोकेको छ ।

१ मा केदारी राना, २मा अर्जुन भट्ट, ३मा बिरेन्द्रराज विष्ट र ४ मा कविराज धामीलाई संयोजकको जिम्मेबारी दिएको छ । वर्तमान क्रान्तिकारी कञ्चनपुरको नयाँ कार्य समिति जुझारु,युवाहरुको सशक्त टिम भएकाले जिल्लाको शैक्षिक विकृती बिरुद्ध संघर्ष गर्न गरिने अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज राधाकृष्ण जोशीले बताए । टिमले अब शैक्षिक विकृती बिरुद्ध अभियान थाल्ने समेत बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार