२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

अन्तराष्ट्रिय वेपत्ता दिवस सम्पन्न

१३ भाद्र २०७२, आईतवार १७:४६

भदौ-१३, कञ्चनपुर । स्थानिय शान्ति समिति कञ्चनपुर, कोक्याप कञ्चनपुर, एडभोकेशी फोरम कञ्चनपुरले संयुक्त रुपमा भदौ १३ गते बेपत्ता पारिएका व्यक्तिहरुको सम्झनामा कञ्चनपुरको झलारीमा ३० अगस्ट बेपत्ता सम्बन्धी अन्तर्रा्ष्ट्रिय दिवस मनाएको छ ।

स्थानिय शान्ति समितिका संयोजक गगन सिंहको अध्यक्षतामा सम्पन्न भएको वेपत्ता पारिएका परिवारहरुको सत्य, न्याय र परिपुरणको अवस्था विषयक छलफल कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि कोमलनिरन्जन भाट, कोक्यापकी क्षेत्रीय संयोजक भुवन कुवर र एडभोकेशी फोरमका जिल्ला सयोजक वीर वहादुर विष्टले वेपत्ता छानविन आयोगको नियमावली , सामाजिक सुरक्षा र द्धन्द पिडितहरुको अधिकार लगायतका विषयमा सहजीकरण गरेका थिए ।

छलफल कार्यक्रममा वेपत्ता परिवारहरुका आफन्तहरुले वेपत्ता पारिएका व्यक्तहिरुको अवस्था सार्वजनिक नभएकोमा दुखी रहेको वताए । पिडितहरुले राज्यले वेपत्ताहरुको अवस्था सार्वजनिक गर्नका साथै वेपत्ता पार्नमा संलग्न रहेका अपराधीहरुलाई कार्वाही गर्न राज्य संग माग गरेका थिए ।

नेपालमा सन् १९९६ देखि २००६ सम्म भएको दशक लामो सशस्त्र द्वन्द्वका क्रममा सुरक्षाफौज र नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले सयौँ मानिसहरुलाई बेपत्ता पारे । ती मध्ये ९ सय हाराहारी मानिसहरु अझै पनि बेपत्ता नै छन् । इन्सेकको तथ्याङ्कअनुसार राज्यपक्षबाट ८ सय २४ र नेपाल कम्युनिस्ट पार्टी ९माओवादी० बाट १ सय ८ जना गरी ९ सय ३२ जनालाई बलपूर्वक बेपत्ता पारिएकोमा उनीहरुको अवस्था हालसम्म अज्ञात नै छ ।

kanchanpur-Insek

२०६३ मंसिर ५ गते भएको विस्तृत शान्ति सम्झौताको बुँदा नं ५।२।३ मा “दुवै पक्षद्वारा वेपत्ता पारिएका व्यक्तिहरुको तथा युद्धको समयमा मारिएकाहरुको बास्तविक नाम, थर र घरको ठेगाना सम्झौता भएको मितिले ६० दिनभित्र सूचनाहरु सार्वजनिक गरी परिवारजनलाई समेत जानकारी उपलब्ध गराउने” उल्लेख भएको छ । तर सो सम्झौता भएको झन्डै ९ वर्ष बित्न लागिसक्दा पनि बेपत्ताहरुको अवस्था सार्वजनिक गर्ने काम अघि बढ्न सकेको छैन । शान्ति सम्झौतामा उल्लेख भएअनुसार केही समय अघि सरकारले बेपत्ता पारिएका व्यक्ति छानविन आयोग गठन गरेको भए पनि आयोगका प्रावधान पीडितमुखी नभएको इन्सेक जिल्ला प्रतिनिधि कोमलनिरन्जन भाटले वताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै