४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चुनावको मुखमा को–को गुन्डा पक्राउ परे?

२१ बैशाख २०७४, बिहीबार ०१:३९

वैशाख २१, काठमाडौं | केही दिनयता प्रहरीले विशेष अप्रेसन नै चलाई गुन्डाहरूलाई पक्राउ गर्न थालेको छ। बुधबार मात्र चक्रपथ क्षेत्रमा गुन्डागर्दीमा सक्रिय तेजेन्द्र गुरुङ पक्राउ परेका छन्। उनी गुन्डा नाइके चक्रे मिलनका भाइ हुन्। महानगरीय प्रहरी परिसरले उनलाई पक्राउ गरेको हो। त्यस्तै, अपराध महाशाखाले ललितपुरबाट निरु लामा र नीरज महर्जन ‘छुचुन्द्रो’लाई पक्राउ गरेको छ। महाराजगन्जका राकेश महर्जन पनि बुधबार पक्राउ परेका छन्। 

मंगलबार प्रहरीले ललितपुरकै राजु बोगटी र पनित गुरुङलाई पक्राउ गरिसकेको छ। महाशाखाले मंगलबार नै भक्तपुरमा गुन्डागर्दीमा संलग्न रामेश्वर गौतम र श्याम मोक्तानलाई पनि पक्राउ गरेको छ। उनीहरू अपहरण मुद्दामा पक्राउ परी छुटेका व्यक्ति हुन्। पक्राउ परेका सबैलाई प्रहरीले केही सार्वजनिक अपराध मुद्दामा कारबाही थालेको छ। उनीहरूलाई चुनावसम्म थुनामै राखिने प्रहरीले जनाएको छ।

पछिल्लो एक महिनायता राजधानीमा सक्रिय गुन्डागर्दीमा संलग्न समूहविरुद्ध प्रहरीले अप्रेसन चलाइरहेको छ। तर, पक्राउ परेकाहरू २–४ दिनमै छुट्ने गरेका छन्।

गत साता पक्राउ परेका सामाखुसी क्षेत्रका गुन्डा नाइके साजन महर्जन मंगलबार २ हजार रुपैयाँ धरौटीमा छुटेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंले उनलाई पक्राउ गरी केही सार्वजनिक अपराध मुद्दा दायर गरेकोमा उनी न्यूनतम धरौटीमै छुटेका हुन्।

गुन्डागर्दीकै आरोपमा गत साता पक्राउ परेका कान्छा दीपेन्द्र प्याकुरेल पनि बुधबार पाँच हजार रुपैया“ धरौटीमा छुटेका छन्। कालिमाटी क्षेत्रमा गुन्डागर्दीको आरोपमा पक्राउ परेका वसन्त भुसाल पनि पाँच हजार धरौटीमै छुटेका छन्। कांग्रेसनिकट सञ्जीव लामा ‘स्याल’ भने प्रहरी हिरासतमै छन्।

सार्वजनिक अपराध मुद्दामा उनीहरूलाई प्रहरीले २४ दिनसम्म थुनेर अनुसन्धान गर्न सक्छ। तर, राजनीतिक दबाब र चलखेलका आधारमा पक्राउ परेका सबैजसो गुन्डा एक सातामै छुट्ने गरेका छन्। गुन्डाहरूको ठूला नेताहरूस“ग निकटता रहेकाले सजिलै छुट्ने गरेका छन्। – नयाँ पत्रिका

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ