२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

पाँच दिने पोषण उन्मुख कृषि तालिम लिवाङमा सम्पन्न

२०७४, २१ बैशाख बिहीबार ०६:३९

बैशाख २१, रोल्पा । जिल्ला स्वास्थ्य कार्यालय रोल्पाद्वारा संचालित कृषि तथा खाद्य सुरक्षा आयोजनाद्वारा आयोजित पोषण उन्मुख कृषि (पोषण संवेदन कृषि) तालिम शनिबार सम्पन्न भएको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका पोषण फाँट प्रमुख विरेन्द्र हमालले जानकारी दिनुभयो  । 

उहाँका अनुसार वैशाख १२ गतेदेखि ५ दिनसम्म संचालन भएको उक्त तालिममा जिल्ला समन्वय समिति, खानेपानी तथा सरसफाइ सव डिभिजन कार्यालय, जिल्ला कृषि विकास कार्यालय, जिल्ला पशुसेवा कार्यालय, जिल्ला शिक्षा कार्यालय, महिला तथा बालबालिका कार्यालयका प्रतिनिधिहरु, कृषि तथा खाद्य सुरक्षा लागु भएका साविक गाविसका स्वास्थ्य चौकी प्रमुखहरु  र जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सनहरु गरी ३० जनाको सहभागिता रहेको थियो । 

उक्त तालिममा खाद्य र पोषण सुरक्षा, पोषण लक्षित तथा सम्वेदनशील कार्यक्रम, कृषि र पोषणको अन्तरसम्बन्ध, आहार विविधता र पोषण लगायतका  विषयमा जिल्ला स्वास्थ्य प्रमुख डा भवानीप्रसाद शर्मा, बरिष्ठ कृषि विकास अधिकृत लालकुमार श्रेष्ठ, बरिष्ठ पशु विकास अधिकृत गान्धीराज उपाध्याय, पशु विकास अधिकृत धर्मराज गिरी, जनस्वास्थ्य अधिकृत देवराज पाण्डे, जिल्ला प्राविधिक अधिकृत केशवराज सापकोटा,कार्यक्रम फोकल पर्सन देवराज तिमीलसेना लगायतले प्रशिक्षण दिनुभएको थियो । 

कार्यक्रमको उद्घाटन सत्र डा भवानीप्रसाद शर्माको अध्यक्षता र प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईको प्रमुख आत्थ्यितामा सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन देवराज तिमिल्सेनाले गर्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ