३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

विकासका लागि रौतेलीका युवा जुटे

४ आश्विन २०७२, सोमबार ०८:२०

विमल धामी, असोज–४, कञ्चनपुर /  कञ्चनपुरको जिल्लाको दक्षिणी क्षेत्र रौतेलिविचुवाका युवाहरु विकासका लागि जुटेका छन् ।
विकासका काममा युवाको कहिलै सहभागी नहुने यो क्षेत्रका युवा संजाल गठन भए पछि विकासका काममा स्थानिय निकायसंग हातेमालो गर्दै “आप्नो गाउँ आफै बनाउँ ” भन्ने मुल सोचका साथ विकास निर्माणका लागि जुटेका हुन् । रौतेविचुवाका स्थानियहरुले दुई किलोमिटर सडक मर्मत गरेका छन् । बर्षातका बिग्रीएको सडक मर्मत गरेका हुन् ।

साविक रौतेलीविचुवाको वडा नं.७ देखि ८ सम्मको सडक मर्मत गरेको रौतेलिविचुवाका युवा संजालका संयोजक कर्ण बहादुर बुढाले बताउनुभयो । संयोजक बुढाका अनुसार बाटोमा यातायातका साधन चल्न नसक्ने भएकाले खाल्डा खुल्डी पुरेको बताउनुभयो । सडक मर्मत संगै सहज रुपमा यातायात संचालन भएको उनको भनाई छ । स्थानियहरुलाई आवत–जावत गर्न समेत सहज भएको छ । केहि दिन पहिले रौतेलीमा खुल्ला घरेलु मदिरा बन्द गर्ने र घरेलु मदिराका कारण समाजमा आउने बिकृतिका बारेमा समेत समाजमा सचेतना फैलाउनुपर्ने उनको सुझाव छ ।

हामी युवा भएर आज सम्म बिकासका काममा कहिलै नलागेको र हाम्रा आखाँ युवा अभियानले खोलेको उनको अनुभव छ । पहिले दिनभरी तास खेलेर समय बिताउने यहाँका युवा बिकासका काममा जुटेको देख्दा स्थानिय समेत ह्रसित भएका छन् ।

यो काम राम्रो भएको भन्दै गणेश उमाबि भुर्षाका लेखापाल कृतिम बुढाले आप्नो साथ बिकासका लागी सधै युवा संग हातेमालो गर्ने बताएका छन् । आफ्नो गाँउ घर क्षेत्रको विकासका लागि युवा एक जुट हुनुपर्नेमा समेत उक्त क्षेत्रमा स्थानियहरुको भनाई छ । जिल्ला सदरमुकाम भन्दा ३५किलोमिटर टाढा रहेपनि दैजी–बेल्डाँडी सडक सुधार नभएका कारण गाँउको विकासमा समेत बाधा उत्पन्न भएको स्थानियहरुको भनाई छ । गाउँको विकासका लागि उक्त सडक चाँडै कालोपत्रे हुनुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली