२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

८ आश्विन २०७२, शुक्रबार ११:१८

पश्चिमी सिमा क्षेत्रमा भारतिय प्रधानमन्त्री मोदीको पुत्ला दहन

bharatiya pm modi copy

भाष्कर के.सी./असोज ८, कञ्चनपुर । नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै कञ्चनपुरका संयुक्त विद्यार्थी संगठनहरुले भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतिय भण्डा जलाएका छन् ।

शुक्रबार बिहान ११:३ बजेतिर यहाँका विभिन्न ६ विद्यार्थी संगठनहरुले पश्चिमी सिमा क्षेत्र गड्डाचौकीमा बिरोध स्वरुप भारतिय प्रधानमन्त्री मोदीको पुत्ला दहनका साथै भण्डा समेत जलाएका हुन् ।

काँग्रेस निकट नेवि संघ, एमाले निकट अनेरास्ववियु, एमाओवादी निकट अखिल क्रान्तिकारी, वैद्य/विप्लप निकट क्रान्तिकारी र राष्ट्रिय जनमोर्चा निकट अखिल छैटौँले नेपालको स्वाभिमानमा भारतले पटक पटक दावा बोलेको भन्दै हस्तक्षेप रोक्न समेत आग्रह गरेका छन् । सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिती भएका कारण मोदीको पुत्ला र भारतिय भण्डा जलाउँदा प्रहरीले पानी हालेका थिए ।

india map copy

सिद्धनाथ बहुमुखी क्याम्पसबाट नेपाली झण्डा सहित ¥याली निकालेर नारा जुलुस गर्दै सिमा क्षेत्र गड्डाचौकीसम्म पुगेर कोण सभामा परिणत भएको अखिल क्रान्तिकारीका नेता विरेन्द्र राज विष्टले बताउनुभयो । कोणसभामा बोल्ने नेताहरुले नेपालको आन्तरिक मामिलामा जथाभावि नबोल्न समेत आग्रह गरेका छन् ।

छिमेकी भएर छिमेको जस्तो व्यवहार गर्न समेत विद्यार्थी नेताहरुले आग्रह गरेका छन् । विद्यार्थी नेताहरुले भारतलाई नाकाबन्दी गर्न समेत चेतावनी दिएका छन् । कोण सभामा विप्लप क्रान्तिकारीका केन्द्रीय सदस्य विपी उपाध्ययले भारतले नेपालमा गिद्दे दृष्टिकोण राखेका कारण पटक पटक नेपालको राष्ट्रियतामा धावा बोलेको बताउनुभयो ।

अखिल छैटौँका अध्यक्ष महेश जोशीले भारतिय हस्तक्षेप अघि बढे नेपालीहरु त्यसको सामना गर्न तयार भएको चेतावनी दिनुभयो । वैद्य क्रान्तिकारीका अध्यक्ष राम महराले आफ्नो मातृभूमीको रक्षा गर्न नेपालीहरु तयार भएको उद्घोष गर्नुभयो । नेवि संघका अध्यक्ष गंगा भट्टले भारतले नाकाबन्दी गरेर नेपाललाई जिस्क्याउने खोजेको उनको आरोप छ । अनेरास्ववियुका अध्यक्ष ओम बस्नेतले नेपालको संविधानको विषयमा भारतले अनावश्यक बखेडा झिक्न नहुने बताए । ‘अंगिकृत नागरिकताधारीले यसो तसो अधिकार दिउ भन्नु गलत भएको छ ।’, उनले भने ।

अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य नवराज ऐरले नेपाल कसैको पनि गुलाम नहुने जिकिर गर्नुभयो । आफ्नो देशको राष्ट्रियताका लागि टाउकोमा कफ्न बाँधेर युद्ध लडन तयार भएको उनको दावि छ । ‘नेपालको एक इन्च भूमि दिन तयार छैनौँ, बरु मधेशका अराष्ट्रियता भएका नेताहरुलाई दिन तयार छौँ ।’, उनले भने, ‘टिकेट हामी काटिदिन्छौँ उपेन्द्र, राजेन्द्र महन्त,अमशेसलाई लग्नुहोस ।’ नेपाली राष्ट्रियता भण्डा सहित सिमा पुगेका विद्यार्थी नेताहरुले नेपालको लागि जस्तोसुकै त्याग गर्न तयार भएको उद्घोष गर्दै फर्केका छन् ।

– See more at: http://sajhasabal.com/blog/archives/news/pm-modiko-putla-dahan#sthash.P1P6VI4S.dpuf

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली