२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

साधरण सभा सम्पन्न

१४ आश्विन २०७२, बिहीबार १२:३३

असोज १४, कञ्चनपुर / जेष्ठ नागरिक समाज नेपाल कञ्चनपुरले २५ औं अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस पारेर आफ्नो दोस्रो साधरण सभा भव्यताका साथ सम्मपन्न गरेको छ ।

nagarik1
भिमदत्तनगर पालिका वार्ड नं. १८ वरपीपल निकट रहेको राधाकृष्ण मन्दिरमा भएको सो कार्याक्रम जेष्ठ नागरिक समाज नेपाल कञ्चनपुरका अध्यक्ष गंगाराम गिरीको अध्यक्षतामा भएको थियो भने प्रमुख अतिथीमा केन्द्रिय अध्यक्ष भवानी शंकर खरेल एवं विशिष्ट अतिथीमा केन्द्रिय सदस्य रमेश अर्याल हुनुहुन्थ्यो ।

स्वागत मन्तव्य दिदै पूर्व जिशिअ देवीदत्त भट्टले आफ्नो मन्तव्यको क्रममा जेष्ट नागरिकले समाज सेवा गर्नु पर्ने, आफुुले आर्जन गरेको शिप युवाहरुलाई दिनुपर्ने, हामी संँग बौद्धिक ज्ञान छ भने त्यसको समाज सेवामा प्रयोग गर्नु पर्ने बताउनु भयो । आफ्नो लागि पनि केही रकम जम्मा गरेर राख्नु पर्ने, अहिलेको समयमा सम्पन्न घरका परिवारका सदस्य पनि वृद्धआश्रममा आश्रय लिन बाध्य भएको देखिन आएकोले आफनो लागि पनि केही रकम जम्मा गर्नु पर्ने भट्टले बताउनु भयो ।

nagarik

त्यसै गरी आफ्नो मन्तव्य दिने क्रममा वृद्धआश्रमकी सञ्चालक सारदा चन्दले पनि वृद्ध वृद्धा घरमै अपहेलित छन्, घरमा बस्न नसक्ने वातावरण भएर वृद्धआश्रममा आउनु भएको हुन्छ । जुन बेलामा हेरचाह, स्यार सुसार, मिठो मसिनो खानेकुरा खानेबेला र छोराछोरीको आवश्यता हुन्छ, त्यसै बेलामा घरबाट अपहेलित भएर बस्नु पर्ने हुन्छ । त्यसैले यस्ता जेष्ठ नागरिकको हकहितमा लडिरहेको बताउनु भयो ।

उक्त कार्यक्रममा भि.न.पा.१८की जेष्ठ नागरिक गंगादेवी भट्ट वर्ष ९९ र भि.न.पा.१८का अर्जुन चन्द ९८ लाई दोसल्ला र नगद सहित सम्मान गरिएको थियो । कोषाध्यक्ष गम्भिर सिह विष्टले संस्था लाई विशेष योगदानका लागि र केन्द्रबाट पहिलो आजीवन सदस्य तारा सिह विष्टलाई दोसल्ला ओडाइ सम्मान गरिएको थियो ।

जेष्ठ नागरिक समाज नेपाल कञ्चनपुरका सचिव गोविन्द सिह विष्टले प्रतिवेदन पेस गर्र्दैे वहाँले सेवा निवृत जेष्ठ नागरिक पनि यस संस्थामा रहेकाले कुनै पनि बेला देशको सेवा गर्न आवश्य परेमा सेवा गर्न तयार रहेको भन्दै जेष्ठ नागरिकका विभिन्न मागहरु रहेको मध्ये अस्पताल मा उपचार खर्च निःशुल्क हुनु पर्ने यातायातमा पनि ५०प्रतिशत छुटको व्यवस्था हुनु पर्ने वृद्ध भत्ता पनि नेपाल सरकारले बृद्धि हुनु पर्ने जस्ता माँग रहेको बताउनु भयो । साथै कोषध्यक्ष गम्भीर सिह विष्टले आ.व.०७१÷०७२को आर्थिक प्रतिवेदन पेश गर्नु भएको थियो भने कार्यक्रम संञ्चालन राम दत्त जोशीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली