वैशाख, पर्वत । पर्वतको कुस्मा नगरपालिकामा नेपाली काँग्रेसबाट नगर प्रमुखका उम्मेदवार रामचन्द्र जोशीको घरमा बम राखेको आशंकामा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।


Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...  वैशाख, पर्वत । पर्वतको कुस्मा नगरपालिकामा नेपाली काँग्रेसबाट नगर प्रमुखका उम्मेदवार रामचन्द्र जोशीको घरमा बम राखेको आशंकामा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।


२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

कुश्मामा बम काण्ड : अनुसन्धानको लागि भन्दै समाचार लेख्ने पत्रकारसहित ४ जना पक्राउ

२०७४, २२ बैशाख शुक्रबार ०२:५५

 वैशाख, पर्वत । पर्वतको कुस्मा नगरपालिकामा नेपाली काँग्रेसबाट नगर प्रमुखका उम्मेदवार रामचन्द्र जोशीको घरमा बम राखेको आशंकामा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।


बम भेटिएपछि प्रहरीले नेपाल कम्यूनिष्ट पार्टीका जिल्ला ईन्चार्ज ओम बहादुर पुन हिमाल जिल्ला सेक्रेटरी अल्बर्ट, जिल्ला सल्लाहकार ओम प्रसाद पन्त, जिल्ला सदस्य यज्ञ गौतम र पत्रकार गोपाल जिसीलाई पक्राउ गरेको हो ।

बिहिबार साँझ जोशीको घरमा भेटिएको शंकास्पद बस्तु बम भएको भन्दै नेपाली सेनाले डिस्पोज गराएको थियो । प्रहरीले पक्राउ गरेका सबैलाई सोधपुछका लागि पक्राउ गरेको र बम राखेको प्रमाणित भएमा आवश्यक कारवाही गरिने बताएको छ ।


जोशीको घरमा बम रहेको भन्दै एक अनलाईनले बुधबार नै समाचार प्रकाशित गरेको थियो । बम भेटिनु भन्दा एकदिन पहिला समाचार प्रकाशित भएको र समाचारमा हालेको फोटो र डिस्पोज गराएको बम एउटै भएकाले घटना शंकास्पद भएको पर्वतका प्रहरी प्रमुख शेखर खनालले बताए ।


पत्रकार जिसीलाई पत्रकारको हैसियतमा नभई घटनामा सग्लन्न रहेको आशंकामा नियन्त्रणमा लिएको खनालले बताए । उता, पत्रकार महासंघ पर्वत शाखाले भने पत्रकार जिसीलाई समाचार लेखेको आधारमा नियन्त्रणमा लिइनुलाई दुःखत भनेको छ । पत्रकार महासंघका सचिव गणेश गिरीले सत्य तथ्य घटनाको छानवीन हुनुपर्ने तर समाचार लेखेको आधारमा कुनै पनि पत्रकारलाई प्रहरीले नियन्त्रणमा लिनु स्वतन्त्र प्रेस माथिको हस्तक्षेप भएको बताए । प्रहरी नायव निरिक्षक खनालले भने घटनाको अनुसन्धान गरेपछि मात्रै थप जानकारी दिन सकिने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी