2026-09-19 07:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

कुश्मामा बम काण्ड: अनुसन्धानको लागि भन्दै समाचार लेख्ने पत्रकारसहित ४ जना पक्राउ

 वैशाख २२, पर्वत । पर्वतको कुस्मा नगरपालिकामा नेपाली काँग्रेसबाट नगर प्रमुखका उम्मेदवार रामचन्द्र जोशीको घरमा बम राखेको आशंकामा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बम भेटिएपछि प्रहरीले नेपाल कम्यूनिष्ट पार्टीका जिल्ला ईन्चार्ज ओम बहादुर पुन हिमाल जिल्ला सेक्रेटरी अल्बर्ट, जिल्ला सल्लाहकार ओम प्रसाद पन्त, जिल्ला सदस्य यज्ञ गौतम र पत्रकार गोपाल जिसीलाई पक्राउ गरेको हो ।

बिहिबार साँझ जोशीको घरमा भेटिएको शंकास्पद बस्तु बम भएको भन्दै नेपाली सेनाले डिस्पोज गराएको थियो । प्रहरीले पक्राउ गरेका सबैलाई सोधपुछका लागि पक्राउ गरेको र बम राखेको प्रमाणित भएमा आवश्यक कारवाही गरिने बताएको छ ।

जोशीको घरमा बम रहेको भन्दै एक अनलाईनले बुधबार नै समाचार प्रकाशित गरेको थियो । बम भेटिनु भन्दा एकदिन पहिला समाचार प्रकाशित भएको र समाचारमा हालेको फोटो र डिस्पोज गराएको बम एउटै भएकाले घटना शंकास्पद भएको पर्वतका प्रहरी प्रमुख शेखर खनालले बताए ।

पत्रकार जिसीलाई पत्रकारको हैसियतमा नभई घटनामा सग्लन्न रहेको आशंकामा नियन्त्रणमा लिएको खनालले बताए । उता, पत्रकार महासंघ पर्वत शाखाले भने पत्रकार जिसीलाई समाचार लेखेको आधारमा नियन्त्रणमा लिइनुलाई दुःखत भनेको छ ।

पत्रकार महासंघका सचिव गणेश गिरीले सत्य तथ्य घटनाको छानवीन हुनुपर्ने तर समाचार लेखेको आधारमा कुनै पनि पत्रकारलाई प्रहरीले नियन्त्रणमा लिनु स्वतन्त्र प्रेस माथिको हस्तक्षेप भएको बताए । प्रहरी नायव निरिक्षक खनालले भने घटनाको अनुसन्धान गरेपछि मात्रै थप जानकारी दिन सकिने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो