३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

भारतबाट खाद्य क्वारेन्टाईनको मिलोमतोमा अखाद्य केरा नेपाल भित्रिदै

१८ आश्विन २०७२, सोमबार ०१:४६

unnamed

भाष्कर के.सी । असोज १७, कञ्चनपुर । भारतबाट खान योग्य नभएको केरा विना परिक्षण नेपाल भित्रिदा यहाँका जनताको स्वास्थ्यसंग खेलवाड भइरहेको छ । नेपाल सरकारको आधिकारिक निकाय खाद्य क्वारेन्टाईन हुदाहुदै पनि बिना परिक्षण नेपाल भित्रिने गरेको छ । जो त्यहाँका कर्मचारीलाई दिएको एक दुई दर्जन केराको साटो विना परिक्षण नेपाल भित्रिने गरेको केरा व्यापारी शेर बहादुर सिंहले बताउनु भयो । भारतबाट यस्ता अखाद्य केरा नेपाल भित्रिदा यहांका गुणस्तरिय केरा बिक्री नभइरहेको यहाँका केरा ब्यापारीको गुनासो छ । भारतबाट आउने पहेलो केरा रसायनिक प्रयोग गरि बनाएको हुनाले देख्दा राम्रो देखिए पनि स्वास्थ्यको लागि हानिकारक रहेको छ भने नेपालको केरा पहेलो नभएर हरियो छ जुन रसायनिक प्रयोग नगरिदा हरियो भएको हो ।

यहाँका स्थानीय फलफूल व्यापारी पनि भारतीय भएकाले उनिहरुले विना परिक्षण साथै कञ्चनपुरमा चेक जाँच गर्ने सामग्रीको अभावको फाइदा उठाउदै क्वारेन्टाईनका कर्मचारीलाई मिलाएर भारतीय केरा नेपाल भित्र्याउने गरेका छन । नेपाली केरा व्यापारीको भारतको स्थानीय बजार बनबासामा लगेर बेच्न खोज्दा लखनउमा रहेको क्वारेन्टाईनमा जचाएर ल्याउनु पर्ने तर हाम्रो नेपालमा मिलाएकै भरमा बिषादीयुक्त भारतीय केरा भित्रिने गरेको अर्का केरा ब्यवसायी करन सिह रानाले बताउनु भयो ।

नेपाल सरकार कृषि मन्त्रालय तथा नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त पहलमा एक गाउँ एक उत्पादन कार्यक्रम अन्तर्गत कञ्चनपुर जिल्लामा झण्डै पाँच सय भन्दा बढी कृषकहरुले २ सय ५० हेक्टर जमिनमा केरा उत्पादन गर्दै आएका छन । बैंकबाट ऋण झिकेर केरा ब्यवसायमा लगाएको तर यहाँको स्थानीय बजारका ब्यापारीले खरिद नगर्दा खराब भई नष्ट हुन जाने ऋणको भारी काँधमा थपिने व्यापारीको ठम्म्याई छ । फलफुल विक्रेताले स्थानीय उत्पादनलाई विक्रीवितरण गर्नुको सट्टा भारतबाट नेपालको ल्याब टेष्ट नगरिकन आयात गरिरहेकोले स्थानिय केरा उत्पादकको करोडौ रकम बराबरको केरा नोक्सानी हुने अवस्था रहेकोछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली