२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

भारतबाट खाद्य क्वारेन्टाईनको मिलोमतोमा अखाद्य केरा नेपाल भित्रिदै

२०७२, १८ आश्विन सोमबार ०१:४६

unnamed

भाष्कर के.सी । असोज १७, कञ्चनपुर । भारतबाट खान योग्य नभएको केरा विना परिक्षण नेपाल भित्रिदा यहाँका जनताको स्वास्थ्यसंग खेलवाड भइरहेको छ । नेपाल सरकारको आधिकारिक निकाय खाद्य क्वारेन्टाईन हुदाहुदै पनि बिना परिक्षण नेपाल भित्रिने गरेको छ । जो त्यहाँका कर्मचारीलाई दिएको एक दुई दर्जन केराको साटो विना परिक्षण नेपाल भित्रिने गरेको केरा व्यापारी शेर बहादुर सिंहले बताउनु भयो । भारतबाट यस्ता अखाद्य केरा नेपाल भित्रिदा यहांका गुणस्तरिय केरा बिक्री नभइरहेको यहाँका केरा ब्यापारीको गुनासो छ । भारतबाट आउने पहेलो केरा रसायनिक प्रयोग गरि बनाएको हुनाले देख्दा राम्रो देखिए पनि स्वास्थ्यको लागि हानिकारक रहेको छ भने नेपालको केरा पहेलो नभएर हरियो छ जुन रसायनिक प्रयोग नगरिदा हरियो भएको हो ।

यहाँका स्थानीय फलफूल व्यापारी पनि भारतीय भएकाले उनिहरुले विना परिक्षण साथै कञ्चनपुरमा चेक जाँच गर्ने सामग्रीको अभावको फाइदा उठाउदै क्वारेन्टाईनका कर्मचारीलाई मिलाएर भारतीय केरा नेपाल भित्र्याउने गरेका छन । नेपाली केरा व्यापारीको भारतको स्थानीय बजार बनबासामा लगेर बेच्न खोज्दा लखनउमा रहेको क्वारेन्टाईनमा जचाएर ल्याउनु पर्ने तर हाम्रो नेपालमा मिलाएकै भरमा बिषादीयुक्त भारतीय केरा भित्रिने गरेको अर्का केरा ब्यवसायी करन सिह रानाले बताउनु भयो ।

नेपाल सरकार कृषि मन्त्रालय तथा नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त पहलमा एक गाउँ एक उत्पादन कार्यक्रम अन्तर्गत कञ्चनपुर जिल्लामा झण्डै पाँच सय भन्दा बढी कृषकहरुले २ सय ५० हेक्टर जमिनमा केरा उत्पादन गर्दै आएका छन । बैंकबाट ऋण झिकेर केरा ब्यवसायमा लगाएको तर यहाँको स्थानीय बजारका ब्यापारीले खरिद नगर्दा खराब भई नष्ट हुन जाने ऋणको भारी काँधमा थपिने व्यापारीको ठम्म्याई छ । फलफुल विक्रेताले स्थानीय उत्पादनलाई विक्रीवितरण गर्नुको सट्टा भारतबाट नेपालको ल्याब टेष्ट नगरिकन आयात गरिरहेकोले स्थानिय केरा उत्पादकको करोडौ रकम बराबरको केरा नोक्सानी हुने अवस्था रहेकोछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ