२०८२, १५ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पामा पशु बीमामा आकर्षण, बाली बीमामा अनभिज्ञ

२०७४, २२ बैशाख शुक्रबार ०५:३९

बैशाख २२, रोल्पा । रोल्पाका पशुपालक किसानमा बीमाप्रति आकर्षण बढ्दै गएको देखिएको छ । जिल्लामा हालसम्म विभिन्न पशुमा गरी तीनसय ९३ किसानले एकहजार एकसय २६ पशुमा बीमा गरेको पशु सेवा कार्यालय रोल्पाले जानकारी दिएको छ । 

यसरी बीमा भएका पशुमा ५७ किसानका ६७ गाई, २६ किसानका २९ भैँसी, नौ किसानका १६ गोरु, दुईसय ९६ किसानका एकहजार तीन बाख्रा, तीन किसानका तीन भेडा र दुई किसानका आठ बङ्गुर रहेको पशु सेवा कार्यालय रोल्पाका पशु चिकित्सक नीमबहादुर सिंहले जानकारी दिनुभयो । 

जिल्लाका साबिक सिर्प, उवा र थवाङबाहेक सबै गाविसका किसानले पशु बीमा गरेको बताइएको छ । पशु बीमाप्रति किसानको आकर्षण बढ्दै गएको देखिन्छ, सिंहले अगाडि थप्नुभयो । 

विभिन्न प्राकृतिक प्रकोप तथा रोगब्याधीबाट पशु मरेमा बीमाङ्कको ९० प्रतिशतसम्म रकम किसानले पाउने गर्दछन् । हालसम्म जिल्लामा बीमा गरेका ११ पशु मरेको हँुदा त्यसको बीमा रकम किसानले पाइसकेको पशु चिकित्सक सिंहले जानकारी दिनुभयो । पशु बीमाको अवधि एक वर्ष हुने बताइएको छ । 

बाली बीमाप्रति भने किसानको आकर्षण देखिएको छैन । किसानको उत्पादनको सुरक्षालाई सुनिश्चितता गर्ने गरी सरकारले बीमा कार्यक्रम लागू गरेको भए पनि जिल्लामा हालसम्म एकजना किसानले पनि बीमा नगरेको वरिष्ठ कृषि विकास अधिकृत लालकुमार श्रेष्ठले बताउनुभयो । 

“बाली बीमाको फाइदाबारे किसानलाई जानकारी नहुँदा आकर्षण नभएको हुन सक्छ निकट भविष्यमा नै बाली बीमाबारे सचेतीकरण गर्ने सोच बनाएका छौँ”, श्रेष्ठले भन्नु भयो । 

जिल्लाका गैरीगाउँ र बुढागाउँका किसानले टमाटरमा र जिनावाङका किसानले स्याउ खेतीमा बीमा गर्न थालेको श्रेष्ठले बताउनुभयो । धेरैभन्दा धेरै किसानलाई बीमाको पहुँचमा ल्याउने गरी काम गर्छौं, श्रेष्ठले भन्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा