Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

कञ्चनपुरका पत्रकार विष्टलाई शिक्षा पुरस्कार

By साझासवाल 3 मिनेट पढाइ

विमल धामी । असोज २२ कञ्चनपुर । कञ्चनपुरका पत्रकार मोहन विष्टलाई शिक्षा पत्रकारिता पुरुस्कार पाईएको छ । शिक्षा क्षेत्रमा उल्लेख योगदान पुर्याएको भन्दै शिक्षा विभागले पत्रकार विष्टलाई शिक्षा पत्रकारिता पुरुस्कार २०७१ प्रदान गरेको हो ।

शुक्रबार काठमाण्डौँमा विश्व हुलाक दिवसको अवसरपारी नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको सहकार्यमा शिक्षा विभागले पत्रकार विष्टलाई शिक्षा पत्रकारिता लेखनवृती अन्र्तगत नगद प्रमाण पत्र सहित सम्मान गरिएको नेपाल पत्रकार महासंघका महासचिव उजिर मगरले जानकारी दिनुभयो । महासचिव मगरका अनुसार शिक्षावृत लेखन तर्फ पत्रकार विष्टले नगद १५ हजार प्रमाण पत्र पाएका छन् । पत्रकार विष्टलाई संविधान सभाध्यक्ष शुभाषचन्द्र नेङ्गमाङले प्रमाण पत्र हस्तान्तरण गरेका छन् ।

महासंघका अनुसार पत्रकार विष्ट लगायत शिक्षा क्षेत्रमा योगदान पुर्याएका दैशैभरीका विभिन्न संचारसम्बद्ध पत्रकारहरुलाई समेत नगदका साथै पुरुस्कृत गरेको छ । पत्रकार विष्टले सुदूरका ग्रामिणबस्तीका नागरिकहरुलाई शिक्षा क्षेत्रबाट बञ्चित, शैक्षिक मुद्धाहरु उठान गर्दै आएका छन् । पत्रकार विष्ट महेन्द्रनगरबाट प्रकासित हुने नयाँ जनक्रान्ति नेपाली दैनिक र राष्ट्रिय समाचार समितिमा कार्यरत हुनुहुन्छ । पुरुस्कार वितरण कार्यक्रममा संविधान सभाध्यक्ष शुभाषचन्द्र नेङ्गमाङले पुस्स्कृत हुने दैशैभरीका पत्रकारलाई धन्यवाद दिदै पत्रकारहरुले नयाँ संविधान आउनमा समेत उल्लेख्य भूमिका निर्वाह गरेको भन्दै प्रसंसा गर्नुभयो ।