२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पामा एक नवजात शिशुको मृत्यु

२०७४, २३ बैशाख शनिबार ०३:११

बैशाख २३, रोल्पा । सुत्केरी हुन जिल्ला स्वास्थ्य कार्यालय रोल्पा आएकी जङ्कोट–९ रोल्पाकी ३० वर्षीया खुमीसरा वलीको नवजात शिशुको शुक्रबार प्रसूति गराउने क्रममा निधन भएको छ । 

शिशु जन्मन एक हप्ता बाँकी रहेकै बेला शुक्रबार राति करिब १ बजेदेखि प्रसवपीडा भएपछि बिहान परिवारका साथमा वलीलाई जिल्ला अस्पताल ल्याइएको थियो । अस्पताल आइपुग्दा वलीको पाठेघरको मुख खुलिसकेको तथा शिशु उल्टो जन्मिएको प्रसूतिमा संलग्न डा नजिर खानले जानकारी दिनुभयो । 

उहाँका अनुसार शिशुको टाउकामा दुई पटक नाल बेरिएको र साल पाठेघरको भित्री भागमा टाँसिएर बस्नाका साथै शिशु धेरै ठूलो भएको हुँदा सहजै जन्मन सकेन । पाठेघरको मुख खुलिसकेका कारण शल्यक्रिया गर्न नमिल्ने र त्यस्तो अवस्थामा बाहिर सिफारिस गर्न नमिल्ने भएपछि थप समस्या निम्तिएको थियो । 

निकै जोखिम अवस्थामा सुत्केरी भएकी वलीको अधिक रक्तश्राव भएका कारण जिल्ला अस्पतालका ल्याब टेक्निसियन विजयकुमार शाहले सुत्केरी वलीलाई एक पिन्ट रक्तदान गर्नुभएको थियो । 

रक्तदानपछि थप उपचारका लागि सुत्केरी वलीलाई आज बिहान २ बजे भेरी अस्पताल नेपालगन्जमा लगिएको छ । अहिले उनको भेरी अस्पतालमा उपचार भइरहेको छ । “निकै प्रयास गर्दा पनि अभिभावकलाई जीवित बच्चा बुझाउन सकिएन तर अथक प्रयासबाट आमाको ज्यान बच्यो यो नै खुसीको कुरा हो”, डा खानले भन्नुभयो । 

वलीका तीन सन्तान उल्टो नै जन्मिएको आफन्तले जनाएका छन् । जिल्ला अस्पतालमा ब्लड बैंक नहुँदा पटक पटक स्वास्थ्यकर्मी तथा त्यहाँका कर्मचारीले नै रगत दिने गरेको अस्पतालले जनाएको छ । डा खानका अनुसार चालु आवमा मात्र जिल्लामा दुई महिलाले इक्ल्याम्सियाका कारण ज्यान गुमाएको तथा करिब सात महिनामा १५ गर्भ तुहिएका छन् । 

करिब सात महिनाका अवधिमा ४० गर्भवतीको सफल शल्यक्रिया भएको छ । स्वास्थ्यकर्मीका अनुसार रोल्पामा अन्धविश्वासका कारण अझै पनि जोखिम निम्तिएपछि मात्र अस्पताल आउने गरेका छन् । सुरु सुरुमा धामीझाँक्रीकै भर पर्ने र अवस्था जोखिम भएपछि अस्पताल आउने बिरामीको सहज रुपमा उपचार हुन नसक्ने डा खानले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ