2026-09-18 10:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

बेल्डाँडीमा फुटबल प्रतियोगिता शुरु

विमल धामी, असोज २६, कञ्चनपुर / कञ्चनपुरको दक्षिणी क्षेत्र बेल्डाँडीमा फुटबल प्रतियोगिता शुरु भएको छ । मंगलबार बेल्डाँडी नगर फुटबल कपको एक कार्यक्रमका विच व्यवस्थापिका संसदका सदस्य दिवान सिह विष्टले उद्घाटन गर्नुभयो ।

उद्घाटन कार्यक्रममा व्यवस्थापिका संसदका सदस्य विष्टले दक्षिणी क्षेत्रको खेलकुद विकासका लागि आफ्नो क्षेत्रमा सक्दो पहल गर्ने आवश्वान दिनुभयो । ‘तपाईहरु बेल्डाँडीमा जमिन खोज्नुहोस लगानी म गर्छु ।’, उनले भने ‘तब मात्रै यस क्षेत्रको खेलकुद क्षेत्रको विकास हुन्छ ।’ उद्घाटन समारोहमा दक्षिणी क्षेत्रका युवा राजनितिकर्मीहरुले दक्षिणी क्षेत्रको खेलकुद विकासका लागि राज्यले पहल समेत नगरेको गुनासो गरेका छन् ।

काँग्रेस निकट युवा पुष्प पण्डितले दक्षिणी क्षेत्रको खेलकुद विकास गर्नुपर्नेमा जोडदिएका छन् । राष्ट्रिय जनर्माचाका युवा नेता अभिमान सिह थापाले पनि खेलकुद मनोरन्जनका लागि सिमित नभई समग्र राष्ट्र विकासका लागि हुनुपर्नेमा जोडदिए । बेल्डाँडी ब्याईज यूनियन क्लबको आयोजनामा शुरु भएको ‘नगर फुटबल कफ प्रतियोगिता २०७२’ मा २२ टिमले सहभागिता जनाएका छन् । ब्याईज यूनियन क्लबका अध्यक्ष गज बहादुर विष्टले नेपालीहरुको महान चाड पर्व दशैँ–तिहारका अवसरमा फुटबल प्रतियोगिता राखिएको जानकारी दिनुभयो । उद्घाटनमा खप्तड युवा समाज र शुक्लाफाँटा युवा क्लब विच प्रतिस्पर्धा भईरहेको छ ।

दक्षिणी क्षेत्र जोड्ने सडक सुधार हुन नसक्दा दुरी कम भएपनि टाढा रहेका खेलाहरुको हौसला र खेल क्षेत्रको विकास गर्नका लागि फुटबल प्रतियोगिता आयोजना गरिएको अध्यक्ष विष्टको भनाई छ । ‘प्रतियोगिताले यस क्षेत्रका खेलाहरुको समाजिकत्व र बौद्धिक विकास हुन्छ ।’, उनले भने । प्रतियोगितमा प्रथम हुने टिमलाई नगर २५ हजार १११ रुपौँयाका साथ ट्रफि, प्रमाण पत्र दिईने छ । यस्तै उप विजेतालाई टिमलाई नगद १२ हजार ५०० नगदका साथै प्रमाण पत्र दिईने छ । अनुसाशित उकृष्ठ खेलाडीलाई समेत पुरुस्कार दिने व्यवस्था गरिएको छ । प्रतियोगिता दशैँसम्म संचालन हुने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई