७ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

कानुनी दायरामा आएनन् रोल्पाका ट्युसन सेन्टर

२४ बैशाख २०७४, आईतवार ०३:१९

बैशाख २४, रोल्पा । पटक पटक सार्वजनिक सूचना गर्दासमेत रोल्पाका कुनै पनि ट्युसन सेन्टर कानुनी दायरामा आएका छैनन् । 

जिल्ला शिक्षा कार्यालय, रोल्पाले कानुनी दायरामा नआई अवैध ढङ्गले सञ्चालन भएका ट्युसन सेन्टरलाई कानुनी दायरामा आउन सार्वजनिक सञ्चारमाध्यमबाट सूचना प्रकाशित गरेको भए पनि हालसम्म कुनै पनि ट्युसन सेन्टर कानुनी दायरामा नआएको जिल्ला शिक्षा अधिकारी, चिरञ्जीवी पौडेलले जानकारी दिनुभयो । 

कार्यालयले गरेको आग्रहलाई अटेर गरी जबर्जस्ती ट्युसन सेन्टर सञ्चालन गर्नेउपर कानुनी कारबाही गरिने पौडेलले बताउनुभयो । 

कानुन विपरीत मनोमानी ढङ्गले सञ्चालनमा आएका यस्ता ट्युसन सेन्टरले कुनै मापदण्डबिना नै आफूखुसी शुल्क उठाउँदै गरिब विद्यार्थीको ढाड सेक्ने काम गरेको विद्यार्थीले आरोप लगाएका छन् । 

केही दिनअघि जिल्लामा क्रियाशील विद्यार्थी सङ्गठनले निजी विद्यालयले मनोमानी ढङ्गले वृद्धि गरेको शुल्क घटाउनु पर्ने, गैरकानुनी ढङ्गले सञ्चालन भएका ट्युसन सेन्टरलाई कानुनी दायरामा ल्याउनु पर्नेलगायतका माग राखी आन्दोलनमा उत्रिएका थिए । 

जिल्ला शिक्षा कार्यालय, रोल्पा विद्यार्थीका ती माग पूरा गर्न सहमत भएपछि आन्दोलन स्थगित भएसँगै जिल्ला शिक्षा कार्यालयले कानुनी दायरामा आउन ट्युसन सेन्टरलाई सार्वजनिक सूचनामार्फत आग्रह गरेको बताइएको छ । 

जिल्लामा दर्जनौँ ट्युसन सेन्टर अवैध ढङ्गबाट सञ्चालन भइरहेको बताइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा दुई अपरेशनमा ९ आतङ्कवादी मारिए सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता अवामी लिगबिनाको चुनाव ‘राज्याभिषेक’ मात्र : शेख हसिना संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना नेप्से परिसूचकमा १३ अङ्कको गिरावट माइतीघर मण्डलामा प्रदर्शनरत आठ जना प्रहरी नियन्त्रणमा गाँजासहित एकजना पक्राउ सुनको मूल्यमा नयाँ रेकर्ड पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ : महामन्त्री थापा ‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने