2026-09-18 10:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

बेल्डाँडी नगरपालिका कार्यालयको उद्घाटन

नगरको विकासका लागि सदरमुकाम जोड्ने सडक सुधार गर्नुपर्नेमा जोड

विमल धामी/ असोज २८, कञ्चनपुर । कञ्चनपुरको दक्षिणी क्षेत्रको बेल्डाँडी नगरपालिका कार्यालयको एक कार्यक्रमका विच उद्घाटन गरिएको छ । बिहीबार व्यवस्थापिका संसद सदस्य दिवान सिह विष्टले एक समारोहका विच नगरपालिका कार्यालयको उद्घाटन गर्नुभयो । नगरपालिका उद्घाटन गदैै व्यवस्गापिका संसद सदस्य विष्टले बेल्डाँडी नगरपालिका भएसंगै यस क्षेत्रको विकासको ढोका खुलेको बताउनुभयो ।

‘कडा संघर्षका विच आएको बेल्डाँडी नगरपालिकाले यस क्षेत्रको विकासमा अहम भूमिका निर्वाह गर्ने छ ।’, उनले भने ‘सबै दलहरुको नगरपालिकाको अगाडी बढाउनुपर्छ ।’ आफुले नगरपालिकाको विकासका लागि लागि सहयोग गर्ने समेत उहाँले प्रतिबद्धता जाहेर गर्नुभयो । उद्घाटन समारोहमा बेल्डाँडीका स्थानिय राजनितिक दलहरुले बेल्डाँडी नगरपालिका भएसंगै हर्षित हुने कुरा भएको बताउदै नगरपालिका हुँदैमा गाँउको सबै समस्या समाधान होला भनेर ढुक्क हुने विषय नरहेको बताएका छन् ।
khanchanpur beldadi

स्थानिय राजनितिक दलहरुले सर्वप्रथम बेल्डाँडी सरदमुकाम महेन्द्रनगर जोड्ने बेल्डाँडी–दैजी सडक कालोपत्रे  गर्नुपर्नेमा विषेश जोड दिएका छन् । उक्त सडक कालोपत्रे भएर नगरपालिकाको विकास हुनेमा स्थानियहरुले आशा लिएका छन् । सडक सुधार संगै समग्र दक्षिणी क्षेत्रको विकास हुने अपेक्षा लिएका छन् । राष्ट्रिय जनमोर्चा बेल्डाँडीका नेता हरि शर्माले गाँउको विकासका लागि नगरपालिका राम्रो विषय भएको बताउदै नगरपालिकालाई सरकारले समेत विषेश बजेट दिनुपर्नेमा जोड दिए ।

विप्लप माओवादीका नेता राम बहादुर सिहले नगरपालिकाले नगरपालिका जस्तो सेवा सुविधा दिनुपर्नेमा जोडदिनुभयो । नेकपा माओवादी बेल्डाँडीका नेता कैलासचन्द्र गिरीले नगरपालिका क्षेत्र भित्र रहेका विकासका पूर्वाधारहरुको विकास गरे मात्रै नगरपालिकाको जनतालाई आभाव हुने बताए । नगर क्षेत्रका पर्यापयटकिय स्थल लगायत सडकको विस्तार पहिलो काम गर्नुपर्नेमा जोड दिए । एमाओवादीका नेता भूवन एसकेले नगरपालिकाले विकास लाई पहिलो प्रथामिकतामा राख्नुपर्नेमा जोडदिए । एमालेका वीर बहादुर बडुवालले विकासका लागि नगरपालिका अपरिहार्य भएको बताउदै अब नगरपालिका भएसंगै विकासका लागि पहल गर्नुपर्नेमा जोड दिए ।

नेपाली काँग्रेस बेल्डाँडीका नेता सुरेन्द्र रानाले समग्र गाँउको विकासमा नगरपालिकाले जोडदिनुपर्ने बताए । कार्यक्रममा जिल्ला स्तरका नेताहरुले समेत ग्रामिण क्षेत्रका नगरपालिकालाई सरकारले विषेश ध्यान दिनुपर्ने धारणा अघि सारेका छन् ।

राष्ट्रिय जनमोर्चा कञ्चनपुरका अध्यक्ष लोकेन्द्र लम्साल, वैद्य माओवादी सचिव बिर बहादुर थापा, एमाओवादी नेता मोहन गिरी, एमाले अध्यक्ष तारालामा तामाङ्ग काँग्रेस सचिव भोजराज बोहराको सहभागिता रहेको थियो ।

बेल्डाँडी नगरपालिकाका निमित्त कार्यकारी अधिकृत राज बहादुर विष्टको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा बेल्डाँडीका युवा पुष्प पण्डित र गाविसका प्राविधिक तेज बहादुर सुनारले कार्यक्रम संचालन गरेका थिए । कार्यक्रममा विभिन्न राजनितिक दल , नागरिक समाज, बृद्धिजिवी, व्यवसायी, सर्वसाधारणको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई