२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

बेल्डाँडी नगरपालिका कार्यालयको उद्घाटन

२८ आश्विन २०७२, बिहीबार १२:५१

नगरको विकासका लागि सदरमुकाम जोड्ने सडक सुधार गर्नुपर्नेमा जोड

विमल धामी/ असोज २८, कञ्चनपुर । कञ्चनपुरको दक्षिणी क्षेत्रको बेल्डाँडी नगरपालिका कार्यालयको एक कार्यक्रमका विच उद्घाटन गरिएको छ । बिहीबार व्यवस्थापिका संसद सदस्य दिवान सिह विष्टले एक समारोहका विच नगरपालिका कार्यालयको उद्घाटन गर्नुभयो । नगरपालिका उद्घाटन गदैै व्यवस्गापिका संसद सदस्य विष्टले बेल्डाँडी नगरपालिका भएसंगै यस क्षेत्रको विकासको ढोका खुलेको बताउनुभयो ।

‘कडा संघर्षका विच आएको बेल्डाँडी नगरपालिकाले यस क्षेत्रको विकासमा अहम भूमिका निर्वाह गर्ने छ ।’, उनले भने ‘सबै दलहरुको नगरपालिकाको अगाडी बढाउनुपर्छ ।’ आफुले नगरपालिकाको विकासका लागि लागि सहयोग गर्ने समेत उहाँले प्रतिबद्धता जाहेर गर्नुभयो । उद्घाटन समारोहमा बेल्डाँडीका स्थानिय राजनितिक दलहरुले बेल्डाँडी नगरपालिका भएसंगै हर्षित हुने कुरा भएको बताउदै नगरपालिका हुँदैमा गाँउको सबै समस्या समाधान होला भनेर ढुक्क हुने विषय नरहेको बताएका छन् ।
khanchanpur beldadi

स्थानिय राजनितिक दलहरुले सर्वप्रथम बेल्डाँडी सरदमुकाम महेन्द्रनगर जोड्ने बेल्डाँडी–दैजी सडक कालोपत्रे  गर्नुपर्नेमा विषेश जोड दिएका छन् । उक्त सडक कालोपत्रे भएर नगरपालिकाको विकास हुनेमा स्थानियहरुले आशा लिएका छन् । सडक सुधार संगै समग्र दक्षिणी क्षेत्रको विकास हुने अपेक्षा लिएका छन् । राष्ट्रिय जनमोर्चा बेल्डाँडीका नेता हरि शर्माले गाँउको विकासका लागि नगरपालिका राम्रो विषय भएको बताउदै नगरपालिकालाई सरकारले समेत विषेश बजेट दिनुपर्नेमा जोड दिए ।

विप्लप माओवादीका नेता राम बहादुर सिहले नगरपालिकाले नगरपालिका जस्तो सेवा सुविधा दिनुपर्नेमा जोडदिनुभयो । नेकपा माओवादी बेल्डाँडीका नेता कैलासचन्द्र गिरीले नगरपालिका क्षेत्र भित्र रहेका विकासका पूर्वाधारहरुको विकास गरे मात्रै नगरपालिकाको जनतालाई आभाव हुने बताए । नगर क्षेत्रका पर्यापयटकिय स्थल लगायत सडकको विस्तार पहिलो काम गर्नुपर्नेमा जोड दिए । एमाओवादीका नेता भूवन एसकेले नगरपालिकाले विकास लाई पहिलो प्रथामिकतामा राख्नुपर्नेमा जोडदिए । एमालेका वीर बहादुर बडुवालले विकासका लागि नगरपालिका अपरिहार्य भएको बताउदै अब नगरपालिका भएसंगै विकासका लागि पहल गर्नुपर्नेमा जोड दिए ।

नेपाली काँग्रेस बेल्डाँडीका नेता सुरेन्द्र रानाले समग्र गाँउको विकासमा नगरपालिकाले जोडदिनुपर्ने बताए । कार्यक्रममा जिल्ला स्तरका नेताहरुले समेत ग्रामिण क्षेत्रका नगरपालिकालाई सरकारले विषेश ध्यान दिनुपर्ने धारणा अघि सारेका छन् ।

राष्ट्रिय जनमोर्चा कञ्चनपुरका अध्यक्ष लोकेन्द्र लम्साल, वैद्य माओवादी सचिव बिर बहादुर थापा, एमाओवादी नेता मोहन गिरी, एमाले अध्यक्ष तारालामा तामाङ्ग काँग्रेस सचिव भोजराज बोहराको सहभागिता रहेको थियो ।

बेल्डाँडी नगरपालिकाका निमित्त कार्यकारी अधिकृत राज बहादुर विष्टको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा बेल्डाँडीका युवा पुष्प पण्डित र गाविसका प्राविधिक तेज बहादुर सुनारले कार्यक्रम संचालन गरेका थिए । कार्यक्रममा विभिन्न राजनितिक दल , नागरिक समाज, बृद्धिजिवी, व्यवसायी, सर्वसाधारणको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली