२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

शंकरपुर र रैकबार विचुवामा हात्ति आतङ्क कामयै

१ कार्तिक २०७२, आईतवार १२:०९

पहिलाद राना/कात्तिक १, कञ्चनपुर । कञ्चनपुरको दक्षिणी क्षेत्र शंकपुर र रैकबारविचुवामा धानको सिजनमा हात्ति आतङ्क कायमै रहेको छ । विगत महिना दिन देखी उक्त क्षेत्रमा हात्ति आतङ्क कायमै रहेको स्थानियहरुले बताएका छन् ।

भारतीय नेशनल पार्क दुधुवाबाट आएका हात्तिहरुको बथानले उक्त क्षेत्रका स्थानिय कृषकहरुको धानबाली नष्ट गर्नुका साथै स्थानियहरुलाई त्रसित बनाएको छ । विगतमा रातीराती आउने हात्तिहरु आजभोली दिउँसै आउन थालेपछि स्थानियहरु झन त्रसित भएका हुन् ।

शंकपुरका स्थानिय लक्ष्मण रानाले हाति आतङ्कले स्थानियहरुमा त्रासको बाताबरणका सिर्जना साथै अधिकाँस स्थानियहरुको धानबाली, उखु लगायतको बर्षेबाली नष्ट गरिदिएको बताउनुभयो । ‘बथानका बथान आउने हात्तिहरु ठुलो स्वरले कराउने गर्दछन् ।’, उनले भने ‘हात्तिको कुन दिन मार्ने हो, भन्ने डरले हामीहरु रातभरी जाग्रम बस्छौँ ।’ लामो समयदेखि हात्तिको आतङ्क हुँदा समेत स्थानिय प्रशासनले हात्ति धपाउने योजना अघि नसारेको स्थानियहरुको गुनासो छ ।

गाँउसंगै लालझाडी जोडिएकाले पनि हात्तिहरुले अझै आतङ्क पारेको उनीहरुको भनाई छ । अर्का स्थानिय अमर रानाले हात्ति आतङ्कका कारण दुई गाविसका स्थानियहरु मारमा परेको बताउनुभयो । ‘हात्ति आतङ्गले हामीहरुले धानबाली भि¥याउन समेत पाएका छैनौँ ।’, उनले भने ।
सरकारी वेवास्थाका कारण आफुहरु हात्ति आतङ्कबाट टाढा रहन नसकेको बताए । रानाले सरकारले हात्ति धपाउनका लागि विषेश पहल गर्नुपर्नेमा जोडदिए । ‘हामीहरुले हात्ति धपाउन जाँदा हात्तिले उल्टै मारिदिन्छ, सरकारले यसमा चासो दिएन् ।’, उनले भने ।

हात्ति आतङ्कबाट हैरान भएका यक्त क्षेत्रका स्थानियहरु यसवर्षको दशैँ–तिहार मनाउन समेत समस्यामा परेका छन् । समयमै हात्ति आतङ्क रोकि धानबाली देखि मानविय क्षति न्यूनिकरण गर्नु आवश्यक छ । यस बारेमा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मनोहर प्रशाद खनालले जिल्ला बन अधिकृतको अध्यक्षतामा एक कार्यदल गठन भएको बताउनुभयो ।

‘कहाँ कहाँ हात्ति आतङ्क छ, उक्त क्षेत्रमा यो कार्यदलले सुरक्षाकर्मी खटाउने छ ।’, उनले भने ‘कार्यदलले रिर्पोट बुझाएपछि यो समस्या समाधान गर्न सकिन्छ ।’ समन्यतया हात्ति आएका बेला स्थानियहरुले नजिकैको सुरक्षाकर्मीलाई पठाएर स्थानियहरुले आगो बालेर, साईरन बजाएर हात्ति धपाउदै आएको प्रजिअ खनालले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली