३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

लङ्ग भिजनको ८औँ बार्षिकोत्सव

३ कार्तिक २०७२, मंगलवार ११:४२

विमल धामी/कात्तिक ३, कञ्चनपुर । कञ्चनपुरको दक्षिणी क्षेत्र बेल्डाँडीमा रहेको लङ्ग भिजनको ८ औँ बार्षिकोत्सव सम्पन्न भएको छ । मंगलबार एक कार्यक्रमका विच लङ्ग भिजनको ८औँ बार्षिकोत्सव भएको हो ।

कार्यक्रममा विभिन्न प्रयोगितकाका विजेता विद्यार्थी, उत्कृष्ठ विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको छ । विद्यालयको विकासका लागि योगदान पु¥याएको भन्दै ५जना अभिभावकहरुलाई संस्थापक योगेश जोशीले दोसल्ला ओढाएर सम्मान समेत गरेका थिए ।

विद्यालयका पिन्सिपल केशव खडकाले वार्षिक प्रगति प्रतिवदेन प्रस्तुत गरेका थिए । विद्यालयको चौतर्फिक विकासका लागि सफलता मिल्दै गएको उहाँको भनाई छ । शैक्षिक विकासका लागि लागि पर्ने पिन्सिपल खडकाले आवश्वासन समेत दिनुभयो ।

अभिभावकहरुले विद्यालयले गुणस्तरिय शिक्षामा जोड दिनुपर्ने सुझाव दिएका छन् । गुणस्तरिय शिक्षा प्रदान गर्न सके यस क्षेत्रको शैक्षिक विकास हुनेमा उनीहरुले जोड दिएका हुन ।

कार्यक्रममा सुदूरको लोक संस्कृती झल्कने नृत समेत प्रस्तुत गरिएको छ । दुख रानाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा शैलेश्वरी फारवेष्ट टेक्नीकल कलेजका प्रमुख पुस्करराज भट्ट प्रमुख अथिती रहनुभएका थिए, भने जिल्ला विकास समितिका पूर्व जिल्ला सदस्य लाल बहादुर रावत विशिष्ठ अथिती रहनुभएका थिए । शिक्षक विनोद नेपालीले संचालन गरेको कार्यक्रममा विभिन्न विद्यालयका शिक्षक, अभिभावक, बृद्धिजिवी, समाजसेवी, विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो