२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

दैनिक तीन किमी टाढाबाट पानी बोकेर गुजारा

२६ बैशाख २०७४, मंगलवार ०३:२८

सुशीला रेग्मी/बैशाख २६, पाल्पा । पूर्वी पाल्पाका स्थानीयवासीलाई दिनहुँ पानी खोजेर जीवन गुजारा गर्न निकै समस्या परेको छ । 

निस्दी गाउँपालिका–५ को गल्धा, बेलडाँडा, केवरापानी, नाम्सुर्घा र ढल्लाबारीका स्थानीयवासीले गाउँमा पानीको मुहान सुक्दै गएपछि बस्तीदेखि झन्डै तीन किलोमिटर टाढाबाट पानी बोकेर जीविका चलाउँदै आएका छन् । 

रामपुर–आर्यभञ्ज्याङ सडकखण्डको बेलडाँडा, सिलुवालगायतका क्षेत्रमा धारामा पानी भर्नेको बिहानैदेखि लाइन देखिन्छ । यस सडकमा बिहान ४ बजेदेखि नै ग्यालेन, बाल्टी, गाग्री बोकेर पानी खोज्नेको ठूलो जमात देखिन्छ । भूकम्पपछि गाउँमा रहेका सानासाना पानीका मुहान सुक्दै गएपछि खानेपानीको हाहाकार मच्चिएको स्थानीयवासी बताउँछन् । 

भूकम्पअघि गाउँकै धारामा खानेपानी उपभोग गर्दै आएका गल्धा, बेलडाँडा, केवरापानी, नाम्सुर्घा र ढल्लाबारी गाउँका करिब ५२ घरपरिवारलाई रातदिन खानेपानीको समस्याले सताएको छ । यस क्षेत्रका स्थानीयवासीले एकमात्र विकल्पको रुपमा रामपुर नगरपालिका–४ को गिजिनडाँडामा रहेको एउटा पानीको पँधेराबाट खानेपानी आपूर्ति गर्दै आइरहेका छन् । यहाँबाट बस्तीमा पानी बोकेर घर पु¥याउन निकै कठिन भएपछि हिजोआज केहीले गाडीमा पानी बोकेर लैजान थालेका छन् । 

खानेपानीको कहालीलाग्दो समस्या देखेपछि रामपुर आर्यभन्ज्याङ सडकखण्ड अन्तर्गत भएर चल्ने बस, ट्र्याक्टरले यस वर्षदेखि भने पानी ओसारेबापतको भाडा लिने गरेका छैनन् । पश्चिम नेपाल बस व्यवसायी सङ्घ बेलडाँडाका कर्मचारी देवबहादुर फालले गत साल हिउँदमा प्रतिग्यालेन रु पाँचको दरले पैसा लिने गरेकोमा यस वर्षदेखि शुल्क लिन छाडिएको बताउनुभयो । गाडीले पानी बोकेको ज्याला लिन छाडेपछि यहाँका स्थानीयलाई ठूलो राहत मिलेको छ । 

साविक गल्धा–८ केवरापानीका ८७ वर्षीय रामेश्वर सोमै सकिनसकी बस्तीदेखि तीन किलोमिटर टाढाबाट पानी बोकेर जीवन चलाउन निकै समस्या भएको बताउनुहुन्छ । “गाउँनजिकै कतै पनि पानी छैन, बिहान उठेपछि पानी ओसार्दै ठिक्क छ” उहाँले भन्नुभयो । 

केवरापानी बस्ने राममायाँ सोमैले भूकम्पअघि पानी सानो भए पनि गाउँमै धारामा आउने गरेको तर भूकम्पपछि धारामा पानी आउनै छाडेको बताउनुभयो । गाउँदेखि दैनिक एक घन्टाको बाटो पानी बोकेर गुजारा चलाउन गाह्रंो भएको सोमै बताउनुहुन्छ । 

बीस घरधुरी रहेको गल्धा नाम्सुर्घामा पनि गाउँको पँधेरामा पानी आउन छाडेपछि सिलुवाको लोस्दीबाट पानी बोक्दै आएका छन् । टाढाबाट पानी ल्याउन समस्या भएपछि जेनतेनले दैनिक एक दुई गाग्रीको भरमा गुजारा चलाउन बाध्य भएको खेमानसिं सारु बताउनुहुन्छ । 

उहाँ भन्नुहुन्छ, “पानीको थोपालाई तेलभन्दा बढी महत्वका रुपले लिन थालिएको छ । दैनिक ज्यालादारी गरेर जीवन गुजारा गर्ने मजदुर गरिब वर्गका परिवारलाई पानी खोज्ने कि काम गरेर खर्च जुटाउने भन्ने समस्याले पिरोलेको छ ।” रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव