२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

मानव अधिकारका लागि सबै मिलेर अघि बढनु पर्नेमा जोड

१२ कार्तिक २०७२, बिहीबार ११:४४

भाष्कर के.सी./ कात्तिक १२, कञ्चनपुर । मानव अधिकारको प्रत्याभूति दिलाउनका लागि मानव अधिकारकर्मीहरुले व्यतिmगत रुपमा नभएर साझा विषय बनाएर जानुपर्नेमा यहाँका मानव अधिकारका लागि कार्यरत अधिकारकर्मीहरुले जोड दिएका छन् । बिहीबार ईन्सेक क्षेत्रिय कार्यालय धनगढीले महेन्द्रनगरमा आयोजना गरेको मानव अधिकार रक्षकहरुको अवस्था र भूमिका विषयक कार्यक्रममा मानव अधिकारकर्मीहरुले यस्तो बताएका हुन् । उनीहरुरुले केही मानव अधिकारकर्मीहरुले मुद्दालाई व्यक्तिमुखी बनाएका कारण पनि मानव अधिकारको प्रत्याभूती हुन नसकेको धारणा अघि सारेका छन् ।

dhangadi

मानव अधिकारकर्मी प्रभूनिधी पन्तले कुनै पनि मुद्दालाई साझा बनाएर लैजानुपर्नेमा जोड दिएका छन् । ‘कुनै मुद्दामा हामी मानव अधिकारकर्मी एकजुट भएर जानुपर्छ ।’, उनले भने ‘तब मात्रै हामीहरुलाई चुनौती हुदैन् ।’ महिला तथा बृद्ध सेवा केन्द्रकी अध्यक्ष शारदा चन्दले प्रहरीबाट मानव अधिकारकार्मीहरु जोखिमा पर्ने गरेको बताईन् । द्वन्द्वपीडित तथा एकल महिला विकास केन्द्र कञ्चनपुरकी अध्यक्ष सिता बोहराले हिंसाका घटनामा कडा अनुसन्धान गर्नुपर्नेमा जोड दिईन् ।

मानव अधिकारको उलङघन गर्नेलाई कडा कार्बाही गर्नुपर्नेमा उहाँको सुझाव छ । मानव अधिकार निगरानी समुहका अध्यक्ष कृष्णसिह देउवाले मानव अधिकारका लागि एकजुट भएर अघि बड्नुपर्नेमा जोडदिनुभयो । ईन्सेक कञ्चनपुरका संयोजक कोमलनिरन्जन भाटले भारतको अघोसित नाकाबन्दी संगै उत्पन्न भएको पेट्रोलियम पदार्थको अभावका कारण उत्पन्न भएको अवस्था सहजताका लागि पहल गरिने बताए । ईन्सेकका सूदूरपश्चिम संयोजक खडगराज जोशीले जनयुद्धकालिन भन्दा हालका दिनहरुमा मानव अधिकारकर्मीहरु जोखिममा परेको अनुभव पोखे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली