बैशाख २६, नुवाकोट । बेलकोटगढी नगरपालिका–४ डाँडाखर्कमा आज बिहान करेन्ट लागेर स्थानीयवासी ५० वर्षीय अविलास सुवेदीको मृत्यु भएको छ ।
गत राति आएको हावाहुरीले चुँडिएको विद्युतीय तारबाट करेन्ट लाग्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बिहान दूध लिएर डेरीतर्फ जाँदै गरेका सुवेदीको घरबाट ५० मिको दूरीमा हुरीले चुँडालेको तारमा छोएर करेन्ट लाग्दा घटनास्थलमा नै मृत्यु भएको प्रहरी निरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिनुभयो । रासस