२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलामा पाँच दिनदेखि फोन सेवा अवरुद्ध

२६ बैशाख २०७४, मंगलवार ११:२३

लोकेन्द्र प्रशाद जोशी/बैसाख २६, दार्चुला । दार्चुलाको मार्मा क्षेत्रमा पाच दिनदेखि फोन सेवा अवरुद्ध भएको छ । शुक्रबार हावाहुरीसँगै परेको चट्याङले सिप्टीमा रहेको स्काइ फोनको टावरमा रहेका उपकरणमा क्षति र्पुयाएपछि फोन सेवा अवरुद्ध भएको हो । 

फोन सेवा अवरुद्ध हुँदा यस क्षेत्रका स्थानीय सञ्चारबिहीन भएका छन् । स्काइ फोनले मात्र काम गर्ने यो क्षेत्रमा स्काइ फोन समेत नलाग्ने भएपछि समस्या भएको स्थानीय बासिन्दा प्रेम सिह धामीले बताउँनुभयो ।

फोन सेवा अवरुद्ध हुँदा दार्चुलाको मार्मा क्षेत्रका मार्मा गाउँपाकिला, नौगढ गाउँपालिका, अपी हिमाल गाउँपालिका र बैतडीको डिलासैनी गाउँपालिकाका स्थानीय बासिन्दा फोन सेवाबाट बञ्चित भएका छन् । 

यता नेपाल टेलिकम दार्चुलाले भने उपकरणमा चट्याङले क्षति पु¥याएकाले सामान ल्याउन समय लाग्ने भएकाले फोन सेवा सञ्चालनका लागि अझै केही समय लाग्ने बताएको छ । 

बिगतदेखी नै समयसमयमा जिल्लाको मार्मा र दुहु क्षेत्रमा फोनसेवा अबरुद्ध हुदा स्थानीयहरु हैरानि खेप्दै आएका धामीले बताउँनुभयो । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की