Skip to content
Friday, July 17, 2026 Nepali Online Media

बर्दियामा आगलागीमा परी महिलाको मृत्यु

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

वैशाख २८, बर्दिया । बर्दियाको गुलरियामा आज दिउँसो भएको आगलागीमा परी एक महिलाको जलेर मृत्यु भएको छ ।

बर्दियाको गुलरिया नगरपालिका वडा नं १० रत्नापुर गाउँको राजेन्द्र मल्लाहको घरमा भएको आगलागीमा परी उनकी अन्दाजी २० वर्षीय बुहारी पुनम मल्लाहको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रहरी उपरीक्षक भरतबहादुर बोहराले बताए ।

घरका परिवार खेतमा काम गर्न गएका र पुनम एक्लै घरमा भएका बेला आगलागी भएको स्थानीयवासीले बताएका छन् ।

सदरमुकाम गुलरियादेखि करिब पाँच किलोमिटर दूरीमा रहेको सो गाउँमा भएको आगो गुलरियाबाट गएको दमकल र स्थानीयवासीको सहयोगमा करिब एक घन्टापछि नियन्त्रणमा लिइएको हो ।

अन्य दुईवटा घर र एउटा गोठमा समेत आगो लागेको र क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ । रासस