२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरामा प्रेम बिवाहले बालविवाह मुक्त क्षेत्र घोषणा गर्न समस्या

२९ बैशाख २०७४, शुक्रबार ०१:०३

बैशाख २९, डडेल्धुरा । बालबिवाह मुक्त क्षेत्र घोषणा गर्न प्रेम बिवाह समस्याको रुपमा  रहेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।

अजयमेरु गाउँपालीको वडा तिन (साबिकको भद्रपुर गाबिस) मा बालबिवाह न्यनिकारण गर्न आयोजना गरीएको अन्तरपुस्ता बहस कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् ।  

प्रत्येकको हात–हातमा मोबाईल फोन भएको र फोनमा नै कुरा गरी १८ बर्ष पुरा नभएका युवा, यूवतीहरु बालबिवाह गर्ने भएकाले बालबिवाह रोक्न समस्या भएको कार्यक्रम सहभागी नेकपा एमालेका भद्रपुर ईन्चार्ज खडक गिरीले बताए ।

बाल विवाहको बर्तमान अवस्था, यसको असर र सरकारी नितीका बारेमा सम्बन्धीत  सरोकारवालाहरुलाई जानकारी गराउने, बालबिवाहका कारणहरुको खोजी गरी यसको न्युनिकारणका लागी वडा स्तरिय कार्ययोजना बनाउने उद्देश्ले बहसको आयोजना गरीएको आयोजक जिल्ला शिक्षा कार्यालय डडेल्धुराले जनाएको छ ।

बहसका सहभागी भद्रपुरबासीहरुले २०७५ साल बैशाख मसान्त भित्र अजयमेरु गाउँपालीकाको वडा तिनलाई बाल बिवाह मुक्त क्षेत्र घोषण गर्न बिभीन्न कार्ययोजनाहरु समेत निमार्ण गरेको जनाएको छ ।

जसमा वडा भित्र बालविवाह रोक्न सचेतनामुलक कार्यक्रमहरु: सडक नाटक, बिद्यालयहरुमा बिद्याथीहरुसंग र बिद्यालय ब्यबस्थापन समिती, आमा समुहहरुमा अन्तरक्रिया गर्ने जनाएका छन् । साथै आगामी दिनमा वडाको योजना तर्जुमा गर्दा बालबिवाह मुक्त क्षेत्र घोषणको लागी बिशेष बजेटको माग गर्ने राजनितीक दलहरुले पनी प्रतिबद्धता ब्यक्त गरेको स्थानीय धर्म मल्ले बताएका छन् ।

तिन नम्बंर वडाका वडा सचिब करन बहादुर कामीको अध्यक्ष्तामा सम्पन्न भएको कार्यक्रममा अजैमरुगाउँपालीका निमीत्त कार्यकारी चक्र देव भट्ट, बिद्यायका प्रध्यानाध्यापक, ब्यबस्थापन समितीका अध्यक्ष, साबिकका वडा नागरीक मञ्चका संयोजक, बाल क्लब, बाल संञ्जाल र छ देखी १० सम्मका अध्यरत रहेका बिद्यार्थीहरु सहभागी रहेका थिए ।

संयुक्त राष्ट्रसंघीय जनसंख्याकोष (यूएनइफपीए) नेपालको आर्थिक सहयोग र जिल्ला शिक्षा कार्यालय डडेल्धुराको आयोजनामा साबिकका तिन रुपाल, माष्ठामाडौ, र भद्रपुर गाबिसमा  अन्तरक्रियात्मक बहस सम्पन्न गरी सकेको बिद्यायल निरीक्षक नारायण भट्टले जानकारी दिनु भयो ।

यस्तै अन्तरपुस्ता बहस कार्यक्रममा गन्यापधुरा गाउँपालीको वडा नम्बर तिन साबिकको मष्ठामाण्डौ गाबिसलाई २०७४ साल चैत्र मसान्त सम्म र भागेश्वर गाउँपालीको वडा नम्बर १ र २ तथा साबिकको रुपाल गाबिसलाई २०७५ साल असार मसान्त भित्र बालबिवाह वडा घोषण गर्ने प्रतिब्द्धता ब्यक्र गरीसकेको बिद्यायल निरीक्षक भट्टले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो