2026-09-18 10:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरको खुलामन्चमा रामलिला भव्य र सभ्यरुपमा हुदैं

भाष्कर के.सी/ कात्तिक २०, कञ्चनपुर । महेन्द्रनगरको खुला मन्चमा कार्तिक १० गते बाट शुरु भएको रामलिला १९ गते सम्म आइपुग्दा भव्य र सभ्य रुपमा सम्पन्न भइरहेको छ ।

यो भन्दा अघिल्लो पटक २०३६ सालमा भएको त्यसको पश्चात रामलिला नभएको र अहिले आएर ३८ साल पछि महेन्द्रनगरको खुला मन्चमा भइरहेको रामलिला समितिका अध्यक्ष लोक बहादुर ठकुराठीले बताउनु भयो । अहिलेको युवाहरुमा बढदै गइरहेको विकृति र रामलिला गरेको जस्तो त्याग सिक्नुपर्ने र सिकाउने उद्देश्यले रामलिला गर्न लागेको साथै अब देखि हरेक बर्ष रामलिला निरन्तर गर्ने उद्देश्यका साथ सञ्चालन गर्न लागेको पनि समितिका अध्यक्ष ठकुराठीले बताउनु भयो । ३८ वर्षपछि खुल्ला मञ्चमा संचालन भएको रामलीलाको खर्च घटाएर महोत्सव सफल पार्ने मिसन लिईएको छ । रामलीला मुल आयोजक समितिका पदाधिकारीहरु विच विभिन्न विषयबस्तुहरुमा भईरहेको खर्च घटाएर महोत्सव सफल बनाउने सहमती भएको हो ।

Ram lila
आफ्नो लोक संस्कृतीको संरक्षण गर्नका लागि लामो समयपछि हुने रामलीला महोत्सव आगामी दिनमा समेत सफल बनाउनका लागि खर्च घटाएर राम्रो बनाउने सहमती भएको मुल आयोजक समितिका संयोजक लोक बहादुर ठकुराठीले बताउनुभयो । उहाँका अनुसार मध्यान्तर तिर पुग्दा रामलीला एकदमै शान्त भव्य र सभ्य भएको छ ।

महोत्सव मुल आयोजक समितिका सदस्य सचिव शमरजङ्ग बहादुर चन्दले आफ्नो धर्म, संस्कृतीको रक्षार्थ संचालन भएको महोत्सवमा सकारात्मक विचारको विकासका लागि स्कुलिङ्ग भएको दावि गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई