२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

ढिलोगरी धान फल्दा किसान चिन्तित

२१ कार्तिक २०७२, शनिबार १४:२६

भाष्कर के.सी., कार्तिक २१, कञ्चनपुर / कृषि बिकास कार्यालय कञ्चनपुरले अनुदानमा वितरण गरेको ललका बासमती धान ढिलोगरी फल्दा किसान चिन्तित भएका छन् । भि.न.पा.–१९ बागफाँटामा असारको पहिलो साता रोपेको धान कार्तिकको तेस्रो साता देखि बाला लाग्न थालेको छ ।

dhan2 आफ्नो १० कट्टामा लगाएको धान भखरै बाली लाग्न लागेको कृषक शेर बहादुर कठायतले बताउनुभयो, भदौको महिनामा सिँचाई गर्नको लागी पानी नहरमा नभएको र आकाश बाट पानी नपरेकोले पनि ढिलो भएको हुन सक्ने कठायतले बताउनु भयो । त्यसै गरी सोही ठाँउकी अर्की कृषक सविता चौधरी पनि चिन्तित् छन् १४ कट्टामा लगाएको धान भर्खरै वाली लाग्न लागेको र आफु सँगका सबैले धान थन्काएर साँग, सब्जी र गहँु समेत लगाएकाले गहँु छर्न ढिला भएकोमा चिन्ता जताउनु भयो ।

बेतकोट न.पा.–९ सुडाकी अर्की कृषक लक्ष्मी पौडेलले सेवा केन्द्र सुडा बाट ल्याएको २५ के.जी. धान लगाएको, सँगै रोपेको धान अरु सबैले काटेर थन्काई गहँु पनि लगाउने तयारी गरेको तर आफुले लगाएको ललका बासमती धान फल्ने नफल्ने केही पनि थाहा नभएकोले आफुहरु धान राख्ने कि काटने भन्ने केही निधो गर्न नसकेको बताउनु भयो । कृषि कार्यालयले धानको विउ कहिले रोप्ने कहिले फलने केही जानकारी नदिएकोले अहिले आएर आफुहरुलाई धोका भएको साथै डेढ विगाहमा लगाएको धान नफलेकोले आफनो जमीन खाली रहेको बताउनु भयो । आफुहरुलाई भएको हानिको कृषि कार्यालयले छर्तिपुर्ति पनि दिनुपर्ने बताउनु भयो ।

dhan1
जिल्ला कृषि विकास कार्यालय कञ्चनपुरका बाली विकास अधिकृत देवदत्त कलौनीले प्राविधिक कमजोरीका कारण केही समय ढिला र कही समस्या देखिएको बताए । छिमेकीले अन्य जातको धानबाली भि¥याएर, हिँउदे गहुँबालीको तयारी थाल्दा स्वभाविक रुपमा ललका बास्मती धानखेती गर्ने कृषकमा चिन्ता बढेको बताए । धानको बाला भरिएको भन्दै बालि विकास अधिकृत कलौनीले कृषकहरुलाई चिन्ता नगर्न समेत आग्रह गर्नुभयो । ‘यो जातको धान मंसिर दोस्रोसाता सम्म मात्रै पाक्ने उनको भनाई छ अग्लो बोट र बास्नादार चामल उक्त धानको विषेशता हो ।’, उनले भने ।

जिल्ला कृषि विकास कार्यालय कञ्चनपुरका बरिष्ठ कृषि विकास अधिकृत टिकाराम थापाले किशानले ललका बास्मती बाहेक सबै धान भि¥याईसकेको बताउनुभयो । यो जातको धान मंसिर दोस्रोसाता सम्म मात्रै पाक्ने उनको भनाई छ । कृषकहरुमा प्राविधिकको ज्ञानको कमि र सिँचाईको सुविधा नभएका कारण पनि कही समस्या देखिएका साथै यस धानमा बास्नाआउने हुनाले किरा,फट्यङग्रा र भँगेराहरु बाट पनि बचाउनु पने प्रमुख थापाले बताउनुभयो ।

अन्य क्षेत्रमा १५० दिनमा पाक्ने भनिए पनि यहाँको मौसम अनुसार १८० दिन लाग्ने थापाको भनाई छ । बिउ ढिला छरिएका कारण पनि केही दिन लम्बिएको हो । सुडाका किसान लक्ष्मी पौडेल जस्तै कृषकहरुले बाली नलागेको बारे कृषिमा गरेको माग माथिल्लो निकायमा जानकारी गराएको बताए । कञ्चनपुरमा ६ हेक्टर जमिनमा मात्रै उक्त जातको धानखेती गरिएको छ ।

लल्र्का बास्मती जातको धानमा बाला लाग्न थाल्यो, कृषक हर्षित कञ्चनपुर कार्तिक २१ कञ्चनपुुरका विभिन्न क्षेत्रमा रोपिएको लल्र्का बास्मती जातको धानमा बाला लाग्न थालेको छ । जिल्ला कृषि विकास कार्यालय कञ्चनपुरबाट अनुदानमा वितरण गरिएको लल्र्का बास्मती जातको धानमा कार्तिक तेस्रोसाता तिर पुग्दा बाला लाग्न थालेको हो । भीमदत्त नगरपालिका १९ बाँगफाँटाका शेर बहादुर कठायत र सविता चौधरीले लगाएको लल्र्का बास्मती जातको धानमा बाला लागेको छ ।

भने बेदकोट नगरपालिका ८ सुडाका कृषक लक्ष्मी पौडेलले डेढ विगाह जमिनमा रोपेको धानमा कालाकाला खोस्टा मात्रै आएका छन् । कार्तिक पहिलो सातासम्म पनि धानमा बाला नगालेपछि चिन्तित भएका कृषकहरु धानमा बाला लाग्न थालेपछि बास्मतीको धान भि¥याउने आशा लिएका छन् । बाँगफाँटाका कृषक शेर बहादुर कठायतले १० कट्टा जमिनमा रोपेको उक्त जातको धान कार्तिक दोस्रोसाता देखि पसुन थालेको छ । बैशाखमा बिउ छर्नु पर्ने भएपनि कठायतले जेठमा बिउ र असार अन्तिमसाता रोपाई गरेको बताए ।

आकासे पानीको भरमा लगाएको उक्त धानमा बाला नलाग्दा आफु चिन्तित भएपनि अब धानमा बाला लागेपछि धान भि¥याउने आशा बोकेको उनले बताए । ‘बास्मती हो भनेर धेरै खुसी भए, तर यो त ढिला पाक्ने रहेछ ।’, उनले भने ‘अब गहुँका लागि ढिला हुनेभयो ।’ आफुले यस अघि मोटो धानखेती लगाउदै आएको र लल्र्का बास्मती बारे ज्ञान नभएको बताए । यस्तै सोही ठाँउकी सविता चौधरीले पनि डेढ विगाह जमिनमा लल्र्का बस्मती जातको धानखेती गरेकी छिन् ।

मसिनो र बास्नादार चामलको भात खाने सोच बनाएर धानखेती गरेको उनको भनाई छ । असार पहिलो साता धान रोपेको बाताउदै कार्तिक तेस्रो साता आएर मात्रै धानमा बाला लागेको बताउनुभयो । ‘अरु छिमेकीहरुले धानखेती भि¥याईसके, हाम्रो धान खेतमै छ ।’, उनले भनिन् ‘अब गहुँका लागि ढिला हुने भयो ।’ कति दिनमा फल्छ, यो धानखेतीका लागि के के स्याहार सुसार गर्नुपर्ने बारे आफुलाई केही थाहा नभएको उनको भनाई छ । सुडाकी कृषक लक्ष्मी पौडेलले सेवा केन्द्रसुडा बाट ल्याएको धानको बिउमा बाला नलागेको र धानपुरै कालो देखिएको छ । जेठ दोस्रो साता बेर्ना राखेको बताउदै, मध्यअसारमा आएर रोपेको बताईन् ।

‘यो धान लगाएर पहिलो बालीको त नोक्सानी भयो ।’, उनले भनिन् ‘अब दोस्रो बाली गहुँको पनि नोक्सानी हुने भयो ।’ बाला नलागेको भन्दै कृषकहरुले क्षतिपूर्तीको माग समेत गरेका थिए । जिल्ला कृषि विकास कार्यालय कञ्चनपुरका बाली विकास अधिकृत देवदत्त कलौनीले प्राविधिक कमजोरीका कारण केही समय ढिला र कही समस्या देखिएको बताए । छिमेकीले अन्य जातको धानबाली भि¥याएर, हिँउदे गहुँबालीको तयारी थाल्दा स्वभाविक रुपमा लल्र्का बास्मती धानखेती गर्ने कृषकमा चिन्ता बढेको बताए । धानको बाला भरिएको भन्दै बालि विकास अधिकृत कलौनीले कृषकहरुलाई चिन्ता नगर्न समेत आग्रह गर्नुभयो ।

‘यो जातको धान मंसिर दोस्रोसाता सम्म मात्रै पाक्ने उनको भनाई छ अग्लो बोट र बास्नादार चामल उक्त धानको विषेशता हो ।’, उनले भने । जिल्ला कृषि विकास कार्यालय कञ्चनपुरका बरिष्ठ कृषि विकास अधिकृत टिकाराम थापाले किशानले लल्र्का बास्मती बाहेक सबै धान भि¥याईसकेको बताउनुभयो । यो जातको धान मंसिर दोस्रोसाता सम्म मात्रै पाक्ने उनको भनाई छ ।

कृषकहरुमा प्राविधिकको ज्ञानको कमि र सिँचाईको सुविधा नभएका कारण पनि कही समस्या देखिएको प्रमुख थापाले बताउनुभयो । अन्य क्षेत्रमा १५० दिनमा पाक्ने भनिए पनि यहाँको मौसम अनुसार १८० दिन लाग्ने थापाको भनाई छ । बिउ ढिला छरिएका कारण पनि केही दिन लम्बिन सक्ने अनुमान गरिएको छ । सुडाका किसान लक्ष्मी पौडेल जस्तै कृषकहरुले बाली नलागेको बारे कृषिमा गरेको माग माथिल्लो निकायमा जानकारी गराएको बताए । कञ्चनपुरमा ६ हेक्टर जमिनमा मात्रै उक्त जातको धानखेती गरिएको छ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली