बैशाख २९, ओखलढुंगा । ओखलढुंगाको रानीवनमा विपत् व्यवस्थापन सम्बन्धि अन्तरक्रिया सम्पन्न भएको छ । 

युएसएआईडीको आथिर्क सहयोग,सबल कार्यक्रमको समन्वय,ग्रामिण"/>

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

बैशाख २९, ओखलढुंगा । ओखलढुंगाको रानीवनमा विपत् व्यवस्थापन सम्बन्धि अन्तरक्रिया सम्पन्न भएको छ । 

युएसएआईडीको आथिर्क सहयोग,सबल कार्यक्रमको समन्वय,ग्रामिण"/>

२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

ओखलढुंगाको रानीवनमा वर्षा मापन यन्त्र जडान

२०७४, २९ बैशाख शुक्रबार ०९:०९


बैशाख २९, ओखलढुंगा । ओखलढुंगाको रानीवनमा विपत् व्यवस्थापन सम्बन्धि अन्तरक्रिया सम्पन्न भएको छ । 

युएसएआईडीको आथिर्क सहयोग,सबल कार्यक्रमको समन्वय,ग्रामिण विकास मञ्च फोर्ड नेपालको व्यवस्थापन तथा भिजन एफएमको सहजिकरणमा शनिवार रानीवनमा अन्तरक्रिया गरिएको हो । 

ग्रामिण विकास मञ्च फोर्ड नेपालका अध्यक्ष भिमबहादुर कार्कीको अध्यक्षता तथा सहायक प्रमुख जिल्ला अधिकारी   रामप्रसाद ज्ञावलीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला तहका विषयगत कार्यालयका प्रमुख तथा प्रतिनिधीहरुको उपस्थिती रहेको थियो । 

स्थानीय विपत् व्यवस्थापन समितिका पदाधिकारी,दलका नेता र सरोकारवालाहरुको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा स्थानीय स्तरमा चुनौतीका रुपमा रहेको विपत् जोखिम र त्यसको न्यूनिकरणका लागि अपनाउन सकिने सतर्कताका विषयमा छलफल भएको थियो । 


स्थानीय वत्ताहरुले सरकारी सेवा र विपत्मा परेर समस्यामा रहँदा सरकारी तथा गैरसरकारी निकायले गरेको योगदानका विषय उठान गरेका थिए । सबल कार्यक्रमले विपत्का समयमा महत्वपूर्ण सहयोग गरेको र जिवीको पार्जन सुधारमा समेत सबलका कार्यक्रमहरु प्रभावकारी रहेको स्थानीयको भनाई थियो । 

सहायक प्रमुख जिल्ला अधिकारी र जिल्लाबाट गएको टोलीले स्थानीयको जिज्ञासाको जवाफ दिएका थिए । कार्यक्रमका प्रमुख अथिती समेत रहनुभएका सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद ज्ञावलीले राज्यका निकायहरुको साथ लिएर अघि बढ्न स्थानीयलाई आग्रह गर्नुभयो । 


विपत्बाट बच्न चेतनाको विकास र पूर्वतयारीको अभ्यास आवश्यक रहेको ज्ञावलीको भनाई थियो । कार्यक्रमका विषेश अतिथी सबल कार्यक्रमका ओखलढुंगा प्रमुख ईन्द्र तामाङले गाउँमा आएका विकास र कार्यक्रमहरुलाई प्रभावकारी बनाउन स्थानीयको भूमिका महत्वपूर्णहुने बताउनुभयो । 

उहाँले सबलले सञ्चालन गरेका कार्यक्रमबारे चनाखो बन्न र कार्यक्रबाट बढी लाभ लिन आग्रह गर्नुभयो । कार्यक्रमका सभापत्ति फोर्ड नेपालका अध्यक्ष भिमबहादुर कार्कीले समयको माग र स्थानीयको आवश्यकताका आधारमा कार्यक्रमहरु सञ्चालनमा आफुहरुले जोड्दिने बताउनुभयो । उहाँले फोर्ड नेपालले थप दातृसंस्थाको सहयोगमा जिल्लामा अन्य कार्यक्रमहरु पनि सञ्चालन गर्ने तयारी गरिरहेको जानकारी दिनुभयो । 

यसैबिच ओखलढुंगाको चम्पादेवी गाउँपालिका १० रानीवनमा वर्षा मापन यन्त्र जडान गरिएको छ । सबल कार्यक्रमको सहयोगमा हावापानी फिल्ड कार्यालयका निमिक्त प्रमुख अभियान पौडेलले रानीवन स्थित सुनकेशरी मावि परिषरमा शनिवार वर्षा मापन यन्त्र जडान गर्नुभएको हो । 

त्यसक्षेत्रको वर्षाको अवस्था पत्ता लगाई विपत् व्यवस्थपनमा टेवा पु¥याउने उद्देश्यले उक्त यन्त्र जडान गरिएको सबल कार्यक्रमका विपत् व्यवस्थापन अधिकृत गोमती जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार यन्त्र जडान पश्चात त्यसको सुरक्षा र प्रयोगबारे विद्यार्थी र स्थानीयलाई जानकारी समेत गराईएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित