वैशाख २९, प्यूठान ।  प्रहरी हिरासतमा रहस्यमय रुपमा एक व्यक्तिको ज्यान गएको विषयलाई लिएर भिंगृमा स्थानीय बासिन्दा र प्रहरीबिच झडप हुँदा ४ जना घाइते भएका"/>

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

वैशाख २९, प्यूठान ।  प्रहरी हिरासतमा रहस्यमय रुपमा एक व्यक्तिको ज्यान गएको विषयलाई लिएर भिंगृमा स्थानीय बासिन्दा र प्रहरीबिच झडप हुँदा ४ जना घाइते भएका"/>

२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठानमा प्रहरी र स्थानीयबीच झडप, चारजना घाइते

२०७४, २९ बैशाख शुक्रबार १०:२८


वैशाख २९, प्यूठान ।  प्रहरी हिरासतमा रहस्यमय रुपमा एक व्यक्तिको ज्यान गएको विषयलाई लिएर भिंगृमा स्थानीय बासिन्दा र प्रहरीबिच झडप हुँदा ४ जना घाइते भएका छन् । 

घाइते हुनेहरु खबिराम गिरी, अमृत राउत, नारायण राउत र देवी राउत छन् । खबिराम  टाउकोमा चोट लागेको गम्भीर घाइते भएका छन् । 

बिहीवार राति स्वर्गद्वारी नगरपालिका–५ सारी निवासी भुपेन्द्र गिरी इलाका प्रहरी कार्यालय भिंगृको शौचालयमा मृत अवस्थामा भेटिएका थिए ।उनी गएराति १ बजे शौचालयमा गएको प्रहरीले जनाएको छ । धेरैबेरसम्म शौचालयबाट बाहिर नआएपछि उनलाई खोज्न गएका बेला गिरी शौचालयमा मृत भेटिएको प्रहरीले जनाएको छ ।  

२९ वर्षका गिरीको प्रहरी चौकीमै झुण्डिएर ज्यान गएको विषय रहस्यमय भएको मृतकका आफन्तले बताएका छन् । घर झगडाको विषयमा अनुसन्धान गर्न भनि ल्याइएका गिरी शौचालयमा मृत भेटिनुले घटना रहस्यमय भएको स्थानीय बासिन्दाले बताएका छन् । 

प्रहरीले भने यो घटनालाई गिरी आफैले आत्महत्या गरेको जनाएको छ । तर आफन्तले स्विकारेका छैनन् । उनीहरुले यो घटनालाई सुनियोजित रुपमा हत्या भएको जनाएका छन् । यही विषयलाई लिएर स्थानीय बासिन्दाले रोल्पा–प्यूठान सडक खण्ड बिहानैदेखि बन्द गराएका छन् ।

अहिले प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलसहितको टोली घटनास्थल पुगेको छ । प्रहरी र  स्थानीय बासिन्दाबिच छलफलको तयारी भइरहेको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ