2026-09-19 11:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरामा दुई हजारबढी अपाङ्गता भएका व्यक्तिले परिचय पत्र पाएनन्

बैशाख २९, डडेल्धुरा । आपङ्गता भएका व्यक्तिहरु आफ्नै आफन्तबाट अपहेलित हुनु परेको एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् ।

राष्ट्रिय अपाङ्ग महासंघ नेपालको आयोजनामा शुक्रबार डडेल्धुरा सदरमुकाममा आयोजित अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी सरकारी तथा गैरसरकारी निकायहरु संगको एक दिने बैठकका सहभागिहरुले यस्तो कुरामा जोड दिएका हुन् ।

आपङ्गता भएका व्यक्तिहरु घर परिवार, समाज तथा साथि भाई बाटै अपहेलित हुनु परेको सहभागिको भनाई रहेको थियो ।

आपङ्गता भएका व्यक्तिको अवस्था र क्षमता अनुसार नभई राजनितीक पहुचको आधारका परिचय पत्र वितरण गरिने परिपाटीले गर्दा अझैँ पनि धेरै व्यक्तिहरु अपाङगता परिचयप पाउनबाट बञ्चित रहको कार्यक्रमका सहभागिहरुले जोड दिएका थिए ।

डडेल्धुरामा कुल अपाङ्गता भएका व्यक्ति मध्ये आधा बढी अझैँ अपाङगता परिचय पत्र पाउन बाट बञ्चित रहेको जिल्ला अपाङ्ग कल्याण सेवा समिति डडेल्धुराको तथ्याङ्कले देखेकाएको छ ।

जिल्ला भरमा दुई हजार ४ सय ८ महिला र दुई हजार ७ सय ४२ पुरुष गरि पाँच हजार १ सय ५० जना अपाङ्गता भएका व्यक्ति रहेकोे भए पनि दुई हजार ४ सय ६८ जनाले मात्रै अपाङ्गता परिचय पत्र पाएका छन् ।

अपाङ्गता परिचय पत्र पाउनेमा १ सय ९३ जनाले क वर्गको परिचय पत्र, ६ सय ६२ जनाले ख बर्गको, सात सय ८२ जनाले ग वर्गको र आठ सय ३१ जनाले घ वर्गको परिचय पत्र पाएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । तथ्याङ्क हेर्दा अझै पनि दुई हजार ६ सय ८२ जना परिचय पत्र पाउनबाट बञ्चित रहेनको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो