२ कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मतदानका बेला के-के गर्न पाईंदैन ?

३० बैशाख २०७४, शनिबार ०२:१९

वैशाख ३०, काठमाडौं । कुनै मतदाताले मतदानपछि मतपत्र कसैलाई देखायो भने के हुन्छ ? झुक्किएर त्यसो पनि नगर्नुहोस् ।

मतदान अधिकृतले त्यस्तो मतदातालाई तत्कालै १५ हजारसम्म जरिवाना गर्न सक्नेछन्। त्यसतिमात्र होइन, सार्वजनिक गरिएको मतपत्र मतपेटिकामा नखसाली छुट्टै राखिने छ, त्यो गणनामा समावेश गरिने छैन। अर्थात तपाईंको मत खेर जानेछ। 

आइतबार स्थानीय तहका लागि जनप्रतिनिधि छान्ने निर्वाचन हुँदैछ। मतदाताको गोप्य मतबाट बढी मत ल्याएर पहिलो हुने उम्मेदवार विजयी हुनेछन्। संविधान र कानुनले मतदानलाई गोप्य राख्नुपर्ने प्रावधान राखेको छ।

यसैले मतदाता स्वयंले चाहेमा पनि आफूले मत दिइसकेको मतपत्रलाई सार्वजनिक गर्न पाइदैन। कुनै मतदाताले मतपत्रमा आफूले राजेको उम्मेदवारको चिन्हमा स्वस्तिक चिन्ह लगाएपछि त्यसलाई सार्वजनिक गरे त्यो दण्डनीय मानिएको छ।

मतदान अधिकृतले त्यस्तो मतदातालाई तत्कालै १५ हजारसम्म जरीवाना गर्न सक्नेछ। त्यतिमात्र होइन सार्वजनिक गरिएको त्यस्तो मतपत्र मतपेटिकामा नखसाली छुट्टै राखिने छ। र, त्यो गणनामा समावेश गरिने छैन।

निर्वाचन आयोगका सचिव गोपिनाथ मैनालीले मतदानको दिन मतदातालाई पनि आचारसंहिता लाग्ने बताए। ‘नागरिक अधिकार प्रयोग गर्न पाउँदा मतदाताले आफू निष्पक्ष भई मतदानको गोप्यता कायम गर्नसक्नुपर्छ,’ उनले भने ‘गोप्य मतदान गर्न पाउनु मतदाताको संवैधानिक अधिकार हो।

कसलाई मत संकेत गरेको हो, त्यो गोपनीय राख्नुपर्छ। कसैलाई देखाउन पाइन्न।’ उनले मतदान केन्द्रमा मोबाइल समेत लान नपाइने बताए।

‘मत संकेत गरेको तस्विर खिच्न वा सार्वजनिक गर्न दण्डनीय हुन्छ,’ उनले भने, ‘मतदाता आफ्नो कर्तव्य र अरुको अधिकारप्रति सचेत भई कसैको कर काप, डर वा प्रलोभनमा परी मतदान गर्नु हुन्न।’

आईतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मलाई मतदानको समय तोकिएको छ। कुनै मतदाता तोकिएको समय समाप्त भएपछि पुगेमा मतदान केन्द्रमा प्रवेश पाउने छैनन्।

तर, मतदान केन्द्रमा प्रवेश गरेकाहरुले भने मतदान गर्न पाउनेछन्। कुनै मतदाताले मतपत्रमा चिन्ह लगाएर मतपत्र बाहिर लान पाउने छैनन्। त्यस्तो पाइएमा २५ हजारसम्म जरीवाना तिर्नुपर्ने हुनसक्छ।

तर, कुनै मतदाताले मतपत्र लिइसकेर मतदान गर्न नचाहेमा मतपत्र मतदान अधिकृतलाई फिर्ता गर्न सक्नेछन्। त्यस्तो मतपत्रको छुट्टै लगत भने राखिने छ। तर, मत संकेत गरेर फिर्ता गरेको रहेछ भने त्यस्तो मतपत्रलाई कर्मचारीले तत्कालै मतपेटिकामा हाल्नुपर्ने हुन्छ।

निर्वाचन आयोगका कानुन महाशाखा प्रमुख सुशील कोइरालाले मतदाता, उम्मेदवार एवं निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मी सबैले निश्चित अनुशासनको पालना गर्नुपर्ने बताए। कानुनले तोके विपरीतको काम जो सुकैबाट भए पनि कारवाहीको दायरामा आउने उनले जनाए।

निर्वाचन कसुर तथा सजाय ऐनले निर्वाचन अवधिमा दोषी पाइएका हरेक विषयमा सजाय निर्धारण गरेको छ। उक्त ऐनले मतदान, मतगणना वा निर्वाचन अवधिमा के गर्न नहुने विषय पनि प्रष्ट पारेको कोइरालाले बताए।

अर्को मतदाताको नामबाट मतपत्र लिएर मतदान गरेको वा एकै व्यक्तिले एकपटक भन्दा बढी मतदान गरेको पुष्टी भएमा त्यस्तो व्यक्तिले २५ हजार रुपैयाँसम्म जरीवाना तिर्नुपर्ने हुन्छ। मतदान अधिकृतले तत्कालै त्यस्तो जरीवाना निर्धारण तोक्नसक्छ।

मतदान अधिकृतले जरीवाना तिर्न नसक्ने व्यक्तिलाई प्रहरी नियन्त्रणमा पठाउन सक्छ। कुनै व्यक्तिले नाम ढाँटी अर्काको नाममा मत खसाल्न आएको कसैले उजुरी गर्न चाहेमा तिनले एक सय रुपैयाँ धरौटी राखी निवेदन दिनुपर्ने हुन्छ।

मतदाताले मतदान गर्दा कुनै प्रकारको प्रचलित कानुन उल्लघंन गरेको पाइएमा वा मतपेटिकामा मतपत्र बाहेक अन्य केही वस्तु खसालेको पाइएमा १५ हजार रुपैयाँसम्म जरीवानाको भागिदार हुनसक्नेछन्।

कसैले मतादातालाई मतदान गर्न जानबाट रोकेको पाइएमा त्यस्ता व्यक्तिलाई मतदान अधिकृतले २५ हजारसम्म जरीवाना तोक्न सक्नेछ।

मतदाता परिचयपत्र कब्जा गरी मतदानबाट बञ्चित गरेको पाइएमा त्यस्तो व्यक्तिलाई २५ हजारसम्मको जरीवाना वा ६ महिना कैद वा दुवै सजाय हुनसक्ने कानुनी व्यवस्था छ।

निर्वाचनमा संलग्न कर्मचारीले टाँसेको वा टाँस्न खोजेको कुनै सूचनामा कसैले कुनै व्यहोरा थपघट, केरमेट, सच्याउन, बिगार्न वा च्यातेमा २५ हजारसम्म जरीवानाको सजाय पाउनेछन्।

त्यस्तै, मतदान अधिकृतको स्विकृत बेगर निर्वाचनमा प्रयोग गरिने वा प्रयोग गरिएका मतपत्र, मतपेटिका वा अन्य सामग्री निर्वाचनमा प्रयोग हुन निदई मतदान केन्द्र बाहिर वा अन्यत्र लगेमा त्यस्तो व्यक्तिलाई मतदान अधिकृत, अनुगमनकर्ता वा निर्वाचन अधिकृतले तत्कालै २५ हजारसम्मको जरीवाना तोक्न सक्नेछन् ।

कानुनले प्रयोग गरिने वा गरिएका मतपत्र, मतपेटिका वा अन्य निर्वाचन सामग्री लुट्न, चोर्न, कब्जामा लिन, खोल्न, नष्ट गर्न वा निर्वाचनमा प्रयोग हुन नदिने किसिमले रोकावट गरेमा त्यस्तो व्यक्तिलाई १ लाख रुपैयाँसम्म जरीवाना वा दुईवर्षसम्मको कैद वा दुवै सजाय हुन सक्छ ।

मतपत्रलाई नष्ट वा बिगार्ने वा नक्कली मतपत्र तयार गर्नेको हकमा पनि त्यही सजाय तोकिएको छ। निर्वाचनमा खटिएका कर्मचारीले मतदाताबाहेक अरु कसैलाई मतपत्र दिएको पाइएमा वा मतपेटिका भित्र खसालिएका मतपत्रलाई कसैले बिगार्न वा नष्ट गरेमा त्यस्तै सजायको भागिदार हुनुपर्नेछ।

गैर नेपाली नागरिकले मतदान गरेको पाइएमा १ लाख रुपैयाँसम्म जरीवाना वा एक वर्ष कैद वा दुवै सजाय भोग्नुपर्ने कानुनी व्यवस्था छ।

सुरक्षाकर्मीबाहेक कसैले मतदान केन्द्र वरीपरी विष्फोटक सामग्री, पेस्तोल, बन्दुक, लाठी, खुकुरी वा भाला बोकेको पाइएमा कानुनले त्यस्तो व्यक्तिाई दुई लाखसम्मको जरीवाना वा तीन वर्ष कैद वा दुवै सजाय हुनसक्ने तोकेको छ ।

मतदानको काममा बाधा पुग्ने गरी वरीपरी कसैले साउन्ड सिस्टम, नाचगान, भोज, जुलुस वा हुलहुज्जत गरेमा त्यस्तोलाई मतदान अधिकृतले ५० हजारसम्म जरीवाना तोक्न सक्नेछ । -कान्तिपुर दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि पक्राउ पछि सीके राउतको प्रतिक्रिया: ‘सुनौलो भविष्य बोकेको कोपिला निमोठिएको हो’ सभापति लामिछाने पक्राउ: राजनीतिक पूर्वाग्रह साफ वुमन्स च्याम्पियनसिप: नेपाल र भुटानबीचको खेल गोलरहित बराबरीमा सकियो रविलाई रिजालको जवाफ, ‘सरकार मरेको होइन, सक्रिय भएको हो’ रवि लामिछानेसहित को-को विरुद्ध छ पक्राउ पुर्जी ? रविलाई पक्राउ गर्न रास्वपा कार्यालय पुग्यो सीआईबीको टोली रवि लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी पुनःनिर्माणका काममा लाग्न तीनै तहका सरकारलाई प्रधानमन्त्री ओलीको आग्रह पेट दुख्ने समस्या लिएर अस्पताल पुगेका युवकको आन्द्रामा जिउँदो साङ्लो भेटिएपछि.. जीपबाट खसेर बालकको मृत्यु सन्दीपले पाए अमेरिकाको भिसा, आजै बेलुका उड्ने रास्वपाका नेताहरू पार्टी कार्यालय वनस्थलीमा बाली जोगाउन वन्यजन्तुलाई थापेको पासोमा करेन्ट लागेर बालिकाको मृत्यु, २ जना घाइते सुनको मूल्य प्रति आउन्स २ हजार ७ सय डलर नाघ्यो भारतीय कप्तान रोहित शर्माले मागे माफी शेरबहादुर देउवाको दबाब: रविलाई तत्काल पक्राउ नगरे सरकार ढाल्ने चेतावनी रविलाई पक्राउ गर्न लागिएको रास्वपाको आशंका प्रमुख प्रतिपक्षी दलहरूको बैठक: ज्ञापनपत्र बुझाउनेदेखि विशेष अधिवेशन बोलाउनेसम्म छलफल ‘१२ गाउँ’ को बक्सअफिस रिपोर्ट सार्वजनिक: एक सातामा कति कमायो ? सहकारी ठगीमा रवि लामिछानेलाई पक्राउ गरिए सशक्त प्रतिवाद गर्ने विपक्षी दलको निर्णय