2026-09-18 10:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

धुमधाम सँग छठ पर्व मनाउंदै कञ्चनपुरका भक्तजन

chhath

भाष्कर के.सी । मंसिर १, कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा यहा“का स्थिानिय र मधेशी समुदायका भक्तजनले अस्ताउ“दो सुर्य देवकोे श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी छठपर्वको मनाउदै छन् ।

महाकाली नदीको छेउ र ऐठपुर स्थित महाकाली देखि बग्दै आएके नहरमा आज छठ पर्व मनाउनेको घुइचौ नै लागेको छ । केही वर्ष अघि सम्म मधेशी समुदायले मात्र मनाउने छठ आजकल यहा“ का स्थिानिय पहाडियाले पनि उत्तिकै श्रद्धा भक्तिका साथ मनाउन थालेका छन् ।

दिपावली सकेलगतै कात्र्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइन छठपर्व सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व आइतबारदेखि सुरु भएको हो । चतुर्थीमा स्नान गरी चोखो खाएर बसेका भत्तजन यस दिनबाट छठपर्व नसकिएसम्म व्रतालुले माछा, मासु, लसुन, कोदो, फापर, मुसुरो आदि सेवन गर्दैनन् । चतुर्थीको कर्मलाई अरबाइन वा अरबा भनिन्छ । यसरी कठोर व्रतका साथ बस्नाले छठीमैयाले मनोकांक्षा पुरा गर्ने भक्त जनको विश्वास छ ।

षष्ठीका दिन पक्वान्न, फलफूल र नरिवललाई बा“सको टोकरीमा सजाएर माथिबाट कपडाले छोपेने चलन रहेको छ । सा“झपख बत्ती बालेर माटाको घडाको साथ गीत गाउ“दै नदी वा तलाउका किनारमा जाने, डुब्न लागेका सूर्यलाई अघ्र्य दिई प्रणाम गर्ने र अघ्र्य दिएपछि तीन पटक पानीमा डुबुल्की मारी मनोरञ्जन गर्दै त्यही“ भक्तजन रात बिताउने गर्दछन् । सप्तमीका दिन बिहान उदाउ“दो सूर्यलाई दर्शन गर्न बिहान ४ बजेदेखि ने प्रतीक्षा गरिन्छ । उदाउ“दो सूर्यलाई गाईको दूध, फूल र जलले अघ्र्य दिइन्छ । सूर्योदयकालमा अघ्र्य दिई सूर्यको दर्शन गरेपछि छठ पूजा सकिन्छ ।

पूजा र दर्शन गरी विवाहिता महिला पुरुषले पति पत्नीको दीर्घायु एवम् अविवाहिताले सुयोग्य वरबधु प्राप्तिको कामना गर्छन् । सन्तान प्राप्तिको कामना पुर्ण हुने विश्वास रहिआएको छ । यसरी एक जातिले मात्रै मनाउदै गएको पर्वमा पहाडीको पनि उत्तिकै सहभागी बडदै गएकोले यसले पहाडी र मधेशी विच एकता कायम गर्न यहा“को स्थानिय को भनाइछ । अहिले भइरहेको देशको संकट पनि छठीमैयाले हटाउने विश्वास भक्तजनले गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई