२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

बालअधिकार दिवशको उपलक्ष्यमा अनाथालयका बालबालिकालाई पोशाक

४ मंसिर २०७२, शुक्रबार १०:२१

bal diwas 1भाष्कर के.सी । मंसिर ४, कञ्चनपुर । अन्तराष्ट्रिय बाल अधिकार दिवशको उपलक्ष्यमा कञ्चनपुर बालअनाथालयका बाल–बालिकालाई बाल कल्याण समिति तथा महिला तथा बालबालिका कार्यालय कञ्चनपुरले पोशाक वितरण गरेको छ ।

महेन्द्रनगर कञ्चनपुरमा आज बाल अधिकार दिवशको उपलक्ष्यमा बाल अनाथालयका ३१जना बालबालिका लाई थ्री एन्जल्स नेपाल, एनएनएसडबल्युए, बेस कञ्चनपुर, इन्सेक कञ्चनपुर र साथी संस्थाको सहयोगमा पोशाक वितरण गरेको हो । साथै अन्तराष्ट्रिय बाल अधिकार दिवशको उपलक्ष्यमा जिल्ला स्तरीय खुल्ला निबन्ध प्रतियोगिताको पनि अयोजना गरिएको थियो । ‘‘बाल श्रम र सडकबाल बालिका न्युनिकरणको उपाय‘‘बारेमा २०० शब्द को निबन्ध प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रोलाई क्रमश ५०००, ४००० र ३०००।– पुरुस्कार साथै प्रमाण पत्र राखिएको थियो । पुरुस्कार पाउनेमा प्रथम स्थान श्री महेन्द्रनगर उ.मा.वि.(साधारण) कटानका कक्षा १० का छात्र अपिल चन्द द्वितिय स्थान श्री भुवनेश्वरी उ.मा.वि.,सिसैयाका कक्षा १०का भुवन जोशी तथा तृतीय स्थानमा श्री लक्ष्मी उ.मा.वि. दोधराका कक्षा ९का अपिल मल्लले प्राप्त गर्नु भएको थियो ।

bal diwas

संयुक्त राष्ट्र संघ युएन १९८० नोभेम्बर २० तारिकका दिन बाल अधिकार महासंन्धी सीआरसी लाई अनुमोदन गरेको उपलक्ष्यमा संसारभरी मनाउने गरिएको छ । प्रमुख अतिथि लगायत उपस्थिीत सबैले बालअनाथालयका अध्यक्ष नारद पाण्डेयलाई पोशाक हस्तान्तरण गर्नु भएको हो ।

बालअनाथालयका अध्यक्ष नारद पाण्डेयको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथि सहायक प्र.जि.अ भोजराज श्रेष्ठ हुनुहुन्थ्यो, त्यसगरी अतिथिमा एस.पि.किशोर कुमार दहाल, इन्सेक कञ्चनपुरका अध्यक्ष कोमल निरन्जन भाट रहनु भएको थियो । भने कार्यक्रम संचालन बाल अधिकार कार्यलयका अधिकृत भुवन राज चटौतले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली