माधव बेल्वासे/बैशाख ३०, कपिलवस्तु । कपिलवस्तुको वहादुरगंज कृष्णनगर सडकखण्ड अन्तरगत सुरहि खोला नजिकै सानो झुपडि वनाएर व्यापार गर्छन रामु केवट । जिल्लाको पथ्थरदेहिया"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माधव बेल्वासे/बैशाख ३०, कपिलवस्तु । कपिलवस्तुको वहादुरगंज कृष्णनगर सडकखण्ड अन्तरगत सुरहि खोला नजिकै सानो झुपडि वनाएर व्यापार गर्छन रामु केवट । जिल्लाको पथ्थरदेहिया"/>

2026-09-16 04:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलबस्तुका खरभुजा व्यापारीको गुनासो- ‘कृषि कार्यलयका हाकिमले नाम मात्र टिपेर लिन्छन’

माधव बेल्वासे/बैशाख ३०, कपिलवस्तु । कपिलवस्तुको वहादुरगंज कृष्णनगर सडकखण्ड अन्तरगत सुरहि खोला नजिकै सानो झुपडि वनाएर व्यापार गर्छन रामु केवट । जिल्लाको पथ्थरदेहिया वस्दै आएका केवट करिव २० किलोमिटर टाढा गई व्यापार गर्ने गर्दछन । 

गर्मि मौसम सुरुवात भएसगैं केवटको दैनिकि यसरि नै वितिरहेको हुन्छ । उनले ३५ सयमा एक विघा जग्गा भाडामा लिएका छन । प्रति विघा ६ क्वन्टल खरभुजा उत्पादन गर्ने गरेको केवट बताउछन ।

राजमार्गको छेउमा व्यापार गर्दा दैनिकि ४ सय देखि ५ सय सम्मको कमाइ हुने गरेको उनले वताए । खेतमा मल, औषधि लगाएतका सामाग्रि जाहो त्यहि पैसावाट गर्ने गरेको उनले वताए । 

गर्मी समयमा आवात जावत गर्ने मानिसहरुले त्यहावाट खरभुजा किन्ने गर्दछन । 

गर्मी समयमा वाहेक अन्य समयमा केवट मजदुरि गर्न जाने गर्दछन । मङसिर महिनामा खरभुजाको विया रोपि वैसाख महिनामा खरभुजा तयार हुने भएकोले गर्मिको तिन महिना खरभुजाको व्यापार गर्ने केवटको भनाई छ । आफुले कमाएको पैसाले आफ्नो परिवार पाल्न र व्यावसाय गर्न ग्राहो भएको दुखेसो पोखे ।

नेपाल कृषि प्रधान देश भनेर चिनिए पनि खरभुजा लगाएतका विउ भारत वाट लिने गरेको उनले वताए । केवटले भने “नेपालमा खरभुजाको बिया कहा पाईन्छ कहा भारत नजिकै पर्छ उतैवाट ल्याउछौ”।

नेपाल सरकारले किसानको लागि केहि काम नगरेको अर्का खरभुजा व्यापारि रामेश्व केवटले आरोप लगाए । सरकारले किसानको लागि धेरै काम गरेको छ भन्ने समाचार सुनिएपनि त्यो लागु नभएको उनको भनाई रहेको छ । 

रामेश्वर भन्छन “खै आज सम्म एउटा विया, मल, औषधि केहि पाइएको छैन, आफै कमाउने त्यहि लगानि लगाउने गरेका छौ । जिल्ला कृषि कार्यलयवाट आएका हाकिमले नाम मात्र टिपेर लाने गरेको उनिहरुको भनाई रहेको छ ।

   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्सेमा २१.१९ अंकको गिरावट महँगी र कालोबजारी नियन्त्रण गर्न सरकारलाई सांसद प्रसाईंको आग्रह जेनजी आन्दोलनमा पक्राउ परेकालाई तत्काल रिहा गरियोस् : सांसद खतिवडा चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र तीनजनाको शव भेटियो सर्वदलीय बैठकको निर्णय : बाढीपहिरो अनुगमनका लागि विशेष समिति गठन हुने सरकार अप्ठ्यारो पर्दा पुगिरहेको छ, नीतिअनुसार काम गरिरहेको छ : रवि लामिछाने जनमत नागरिकको हितका लागि हो, धम्की दिनका लागि होइन : निश्कल राई रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग