३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

आयस्रोत बढाउन माछापालन शुरु

२१ मंसिर २०७२, सोमबार ०६:२८

विमल धामी/  मंसिर २१,कञ्चनपुर ।
उपभोक्ताहरुलाई वैकल्पिक उर्जाको व्यवस्था गरिदिन माग
कञ्चनपुरको एक मध्यवर्ती सामुदायिक बनले आयस्रोत बढाउनका लागि माछा पालन शुरु गरेको छ ।
जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी–बेलौरी नगरपालिकामा रहेको झर्नासागर मध्यवर्ती सामुदायिक बन उपभोक्ता समुहले आयस्रोत बढाउनका लागि माछापालन शुरु गरेको हो ।

सामुदायिक बनको अन्य आयस्रोत नभएका कारण बनको खर्च जुटाउन माछा पालन गरेको झर्नासागर सामुदायिक बन उपभोक्ता समुहले जनाएको छ । सामुदायिक बनका उपाध्यक्ष सकराम साउ“दले बनको आय बढाउन माछा पालन शुरु गरेको जानकारी दिनुभयो । उहाँका अनुसार तिन वर्ष देखि सामुदायिक बनमा माछापालन शुरु गरिएको छ । उपाध्यक्ष साउँदले ८ कटा जमिनमा पोखरी निर्माण गरेर माछा पालन गरेको जानकारी दिनुभयो ।

एक पोखरीमा बार्षिक ४० हजार भन्दा बढिको नाफा हुने गरेको छ । माछापालनबाट राम्रो आम्दानी भएपछि फेरी सामुदायिक बनले अर्को पोखरी निर्माण गर्न लागेको समेत उपाध्यक्ष साउँदले जानकारी दिनुभयो । यसैबर्ष देखि नयाँ पोखरीमा माछापालन शुरु गरिने उपाध्यक्ष साउँदले जानकारी दिनुभयो । मगुर, कमल, सिल्पा लगायतका माछाका जातहरु पालेका छन् ।

माघ महिना देखी माछा बिक्रि वितरण हुने उपाध्यक्ष साउ“ले जानकारी दिनुभयो । माछाको आम्दानी बाट बनका कर्मचारीहरुलाई तलब, बन संरक्षणमा बोट बिरुवा खरिद गरिने, बनको आन्तरिक कार्यमा खर्च गरिने छ ।

यसै विच सामुदायिक बनले संरक्षण तथा सम्बद्र्धनका लागी सामुदायिक बनले विगतका बर्षझै वृक्षारोपण गरेको छ । बगैना, सिसम, मालु, भडपते, गुल्लर, गिठो लगायतका विभिन्न जातका बोट बिरुवाहरु रोपेको उपाध्यक्ष साउ“दले जानकारी दिनुभयो । साथै सामुदायिक बनले बन संरक्षणका लागि भन्दै बस्ती क्षेत्रमा तारबार समेत गरेको छ ।

विस २०६९ मा स्थापना भएको सो सामुदायिक बन ७४ हेक्टरमा अवस्थित रहेको छ । सामुदायिक बनका ८७६ बढि घरधुर उपभोक्ता रहेका छन् । सामुदायिक बनले शुक्लाफाँटा आरक्ष संगै जोडीएकाले स्थानियहरुलाई बैकल्पिक उर्जाको स्रोत दिन समेत आग्रह गरेको छ ।

घरमा इन्धन जडान भए स्थानियहरुको बनप्रतिको परनिर्भरता घट्ने भन्दै गोबरग्याँस लगायतका खाना पकाउने स्रोत साधनको वितरण गर्न समेत सरकार संग माग गरेका छन् । उक्त क्षेत्रका आर्थिक रुपमा विपन्न समुदायहरु खान पकाउन बाध्य भएर दाउराको भर पर्नुपर्ने बाध्यता छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली