Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

बर्दियाको राजापुर नगरपालिकाको वडा कार्यालयमा आगजनी

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

वैशाख ३१, बर्दिया । बर्दियाको राजापुर नगरपालिका-१० खैरीचन्दनपुर वडा कार्यालयमा आगजनी भएको छ ।

मोटरसाइकलमा आएका नचिनेका मानिसको समूहले शनिबार राति साढे १० बजेतिर नगरपालिकाको वडा नम्बर १० को कार्यालय खैरीचन्दनपुरमा आगजनी गरेको राजापुर नगरपालिकाले जनाएको छ ।

आगजनीबाट वडा कार्यालयको प्रशासन फाँटमा रहेका केही महत्वपूर्ण कागजपत्र जलेको ईलाका प्रहरी कार्यालय राजापुरले जनाएको छ ।

आगजनी कसले गर्यो भन्ने एकीन हुन सकेको छैन । आगजनीमा संलग्नहरुको खोजी कार्य गरिरहेको प्रहरीले जनाएको छ ।