2026-09-18 11:45 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरमा पहिलो पटक कुस्ती प्रतियोगिता

भाष्कर के.सी./मंसिर २६, कञ्चनपुर । महेन्द्रनगरको खुल्ला मञ्चमा आज देखि अन्तराष्ट्रिय कुस्ती प्रतियोगिता भईरहको छ । पहिलो पटक हुन गई रहेको कुस्ती प्रतियोगिता मंसिर २६ गते बाट शुरु भई पुस ३ गते सम्म चल्ने छ ।

कुस्ती प्रतियोगिताको पहिलो दिन आज दिउँसो १ बजे देखि ४ बजे सम्म चलेको थियो, आज पहिलो दिन हुनाले निःशुल्क प्रवेशे थियो भने भोली देखि कुर्सीमा बसेर हेर्ने लाई रु.१००को टिकट र मन्चको पेरामिटमा बसेर हेर्ने लाई रु ५० को टिकट लाग्ने आयोजकले बताए ।
kanchanpur
कुस्ती प्रतियोगितामा नेपाल र भारतका विभिन्न ठाँउ बाट आएका पहलमान (कुस्ती खेलाडीको) सहभागी रहेको थियो आज भएको प्रतियोगितामा राहुल पाण्डेय हरिद्धार र मख्खनसिहं हिमाचल, मोनदिप कुरेसी साहनपुर र बबलु पहलमान राजस्थान त्यसै गरी पारस थापा नवलपरासी र राजेन्द्र विच भएको भिडंतमा क्रमशः राहुल पाण्डेय हरिद्वार, मोनदिप कुरेसी साहनपुर र पारस थापा नवलपरासी विजयी रहेका थिए भने खेललाई अझ रोचक रेफ्ररी चाँदराम तिवारीे(लखनउ)ले बनाएका थिए , त्यसै गरी अब भोली देखि हुने खेलमा महिला पहलमानको पनि जबर्जस्त भिडन्त रहने छ ।

अहिले नेपाल भारतको सम्बन्धमा अलि विग्रिएको अवस्थामा यस्ता प्रतियोगिताहरुले दुई देश विच विग्रिएको सम्बन्धमा सुधार लाउन मद्दत गर्ने सभासद बहादुर सिह थापाले बताउनुभयो ।

त्यसै गरी कुस्ती खेललाई महेन्द्रनगरमा पनि खेलाउने र त्यसको महत्व र खेलको बारेमा यहाँका स्थानिय माझ राख्ने उद्देश्यका साथ प्रतियोगितको आयोजना गरेको आयोजक जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शेर बहादुर चन्दले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई