२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरमै पहिलो रानाथारु सामुदायिक होमस्टे संचालनमा

२०७२, २७ मंसिर आईतवार १४:११

भाष्कर के.सी./ मंसिर २७, कञ्चनपुर । श्ुाक्लाफाँटा बन्यजन्तु आरक्ष मध्वर्ती क्षेत्र महेन्द्रनगरको वार्ड नं १४÷१५ को नयाँ वस्तीमा आज बाट पहिलो रानाथारु सामुदायिक होमस्टे सञ्चालमा आएको छ ।

आईतबार एक कार्यक्रम बिच कञ्चनपुरका जिल्ला प्रमुख मनोहर प्रसाद खनालले रिबनकाटी होमस्टेको उद्धघाटन गर्नु भएको थियो । जैविक विविधता संरक्षणको आधार, पर्यटन विकासको पूर्वधार भन्ने मुलमन्त्रका साथ शुरुगरिएको होमस्टे शुक्लाफाँटा उपभोक्ता समितिको पहलमा शुरु भएको हो ।
home stay 3
अहिले ९ वटा घर बाट शुरु गरिएको होमस्टे विस्तारै पर्यटक बढ्दै जाने र यहाँ स्थानियहरुले पनि यस प्रकारको होमस्टे बाट आर्यआजन गरेको देखे पछि अरुले पनि शुरुवात गर्ने शुक्लाफाँटा मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष पुस्कर ब. सिंहले बताउनु भयो ।

यहाँको पर्यटन विकास र यहाँको पर्यटकिय स्थानको पहिचान गराउने र आगन्तुक पहुना विदेशी वा स्वदेशी जो शूकै भए पनि उनीहरुलाई घरायसी वातावरण, राम्रो सत्कार र यहाँको संस्कृतिको पहिचान गराउने साथै आफुहरुको पनि आय आर्जनमा बृद्धि गर्ने आशाका साथ होमस्टे संचालन गर्न लागेको राना थारु समुदायिक होमस्टेका सचिव चेतराम रानाले बताउनु भयो । वहाँले यो भन्दा अगाडि पनि पर्यटक आएको, कोठाको रु.३०० र खानाको रु.१००मा दिदै आएको अब उद्धघाटन भए पछि नयाँ दर तोकिने बताउनु भयो ।
home stay kanchanpur
त्यसै गरी प्रमुख संरक्षण अधिकृत बेत कुमार ढकालले संरक्षण लाई सहयोग होस र सबै सरोकारवालाहरुको समन्वय बाट यहाँको पर्यटकिय क्षेत्रको प्रचार प्रसारको शुरुवात होस, वन्यजन्तु आरक्षण प्रति आपनत्व बढाउने, पर्यटकको सुरक्षा र वासको व्यवस्था गर्न यस प्रकारको होमस्टे बाट उपयुक्त हुने बताउनु भयो ।

आईतबार गरेको उद्धघाटन कार्यक्रममा रानाथारुका संस्कृतिक नाच, गान, गरिएको थियो भने उनीहरुको खाना पनि बनाईएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा