2026-09-18 11:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

६४ औं अन्तराष्ट्रिय भन्सार दिवसको उपल्क्षयमा कञ्चनपुरको जिल्ला कारागारमा समग्री वितरण

भाष्कर के.सी./ माघ १२, कञ्चनपुर ।कञ्चनपूरको गड्डाचौकी स्थित भन्सार कार्यालयले ६४ औं अन्तराष्ट्रिय भन्सार दिवसको उपल्क्षयमा आज कञ्चनपुर जिल्ला कारागारमा कैदीहरुलाई आबश्यकपर्ने खेलकुद सामग्री लगायत विभिन्न किसिमका धार्मिक सास्कृतिक पुस्तक वितरण गरेको छ । भन्सार कार्यालयका प्रमुख राम प्रसाद रेग्मीले जिल्ला प्रमुख मनोहर प्रसाद खनाललाई समान हस्तान्तरण गरेपछि उक्त सामग्री कैदीबन्दीलाई प्रदान गरिएको थियो ।

उक्त हस्तान्तरण कार्यक्रममाबोल्दै कैदी नायके टेकराज जोशीले कारागार भित्र रहेको समस्या औल्याउनु भएको थियो । विहान दिसा पिसाब गर्दा २ तिन घण्टा लाइनमा लाग्नुपर्ने राति सुतदाँ पालै पालो सुत्नुपर्ने ९५ जना को व्यवस्था भएकोे कारागारमा २१८ जना भेडा बाख्रा खादाँझै खादेको र घर बाट खाना नआए खान समेत नपुग्ने अवस्था रहेको जोशीले बताउनु भयो । त्यसै गरी अर्का कैदी बन्दी नायकेले औपधी उपचारको सारै समस्या रहेको उपचारको नाममा सिटामोलमा चित बुझाउनु परेको साथै सजाय पुरा गरेर घर फर्के पछि समाजमा विस्थापित गर्न राज्यले मद्दत गर्नु पर्ने बताउनु भयो ।

त्यसै गरी जिल्ला प्रमुख खनालले कारागारको समस्या देश भरिनै एकै प्रकारको रहेको र सानो ठाउमा धेरेै कैदि बन्दी अटाउनु यो हाम्रो देशको नै वाध्यता रहेको, साथै कैदी बन्दीले आफुलाई सुधारेर लैजानु पर्ने, जे भयो भयो अब आइन्दा आफुलाई समाजमा योग्य नागरिक बन्नु पर्ने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई