२०८३, ३ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

रौतेली विचवाका नेताहरु मेलमिलाप सम्बन्धि सडक नाटक देखाउनमा सकृय

२०७२, १९ माघ मंगलवार ०८:०८

विमल धामी/माघ १९, बेल्डाँडी ।  कञ्चनपुरको दक्षिणि क्षेत्र साविक रौतेलि विचवामा सामुदायिक मेलमिलाप कर्ताद्धारा मेलामिलाप सम्वन्धि सडक नाटक प्रर्दशन गरिएको सामुुदायिक मेलमिलाप केन्द्र रौतेलीले जनाएको छ । रौतेली विचवामा सामुदायिक मेलमिलाप केन्द्र गठन भए लग्तै कानुन अन्वेशण तथा श्रोत विकास केन्द्रको आर्थिक सहयोगमा मेलमिलाप सम्वन्धि सचेतना फैलाउन साविक ८ र ९मा सडक नाटक देखाईएको रौतेलि विचवाका सामुदायिक मेलमिलाप केन्द्रका संयोजक शुसिला रोकायाले बताउनु भयो ।

उनले भने समुदायको विवाद समुदायमै सामाधान गर्नका लागी सडक नाटकको माध्यम द्धारा जनचेतना दिन खोजिएको जानकारी दिनु भयो । साविक रौतेलि विचवाका राजनितिक दलका नेताहरुले आफैले मेलमिलाप सम्वन्धि नाटक रचना गरेको र आफैले नाटकको अभिनय गरेको रौतेलि विचवा सामुदायिक मेलमिलापले जनाएको छ । यसरी नेताहरु आफै मेलमिलाप केन्द्रका पदाधिकारी भएर जनचेतना मुलक कार्यक्रम गरेको देख्दा स्थानिय वासीहरुमा खुसीछाएको थियो ।

सहभागीहरुले यसरी नाटकको माध्यम द्धारा मेलमिलापको बारेमा जान्दा खुसी ब्यक्तगरेका थिए । एक स्थानिय देव ओखेडाले भने यसरी हाम्रो पिछडीएको समुदायमा यस्ता कार्यक्रम आउदा हामी स्थानियलाई धेरै ठुलो फाईदा हुने कुरा ब्यक्त गर्नु भयो । अर्का स्थानिय माथा ओखेडाले भने मेलामिलाले अव हाम्रा गाउघरका साना तिनाविवाद मिलाउनमा ठुलो सहयोग पुग्ने बताए ।

उनले भने हामीहरु साना तिना विवादहरु लिएर प्रहरी चौकी, अड अदालत जाने थियौ प्रहरीकहाँ, अड अदालत बाध्य भएर मिल्नु पर्ने थियो तर अव तालिम प्राप्त मेलमिलाप कर्ताले सहजै तरिकाले सानातिना विवादहरु छोटो समयमै मिलाई दिनेभए भन्दा आफुहरुमा खुसील्याएको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला अहिलेको संविधानप्रति सरकार पूर्ण बफादार छ: अर्थमन्त्री वाग्ले नेप्सेमा गिरावट बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार ! सभामुखलाई भेट्न पुगे विपक्षी दल संसदीय समितिका सभापतिका लागि रास्वपाले टुंग्यायो नाम कांग्रेसको संसदीय दलको बैठकमा प्रतिपक्ष दलको बैठक सुरु रास्वपाको संसदीय दलको बैठक सुरु कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै सुन-चाँदीको मूल्यमा वृद्धि यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता पूर्वऊर्जामन्त्री खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा फाइल झिकाउन सर्वोच्चको आदेश मुद्दा विचाराधीन भएको अवस्थामा कुनै पनि समितिले मलाई स्पष्टीकरण सोध्नु भनेको हास्यास्पद छ: खड्का परराष्ट्र मन्त्री खनालसँग जर्मनीका राजदूतको शिष्टाचार भेटवार्ता शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन