३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

विद्यार्थीद्वारा जिल्लाशिक्षा अधिकारीको कुर्सी जलाइयो

२२ माघ २०७२, शुक्रबार ०८:५७

kanchanpur 1भाष्कर के.सी./ माघ २२, कञ्चनपुर । कञ्चनपुर जिल्ला शिक्षा कार्यालयमा मा बुधबार अखिल (छैठौ)का विद्यार्थी संगठन द्वारा आगजनी गरेका छन् ।

अखिल (छैठो)का विद्यार्थी संगठनले सोमबार आफ्ना १० सुत्रियमाग पुरा नभएको भन्दै जिल्ला शिक्षा कार्यालयमा जिल्ला शिक्षा अधिकारीको कुर्सीमा आगजनी गरेका छन् भने जिल्ला कार्यालय प्रमुख श्याम सिंह धामी नेपालगञ्ज भएकाले वहांको कोठाको ढोका फोडी कुर्सी बाहिर ल्याएर आगोलगाएका थिए ।

एका एक विद्यार्थी आएर ढोका फोडन लागेको र किन ढोका फोडन लागेको कुरा गरौ भनेर भन्दा कुरा गर्ने कुनै बाटो नभएको भन्दै ढोका फोडेर कुर्सीमा आगो लागाएको सहायक जिल्ला शिक्षा अधिकारी पदम राज जोशीले बताउनु भयो ।

विद्यार्थी संगठनले पुष २७ गते विज्ञप्ती मार्फत आफ्ना सम्पुर्ण माग जानकारी गराएको र त्यसमा कुनै सुनवाई नभए पछि वाध्य भएर आजको घटना घटेको केन्द्रिय सचिवालय सदस्य महेशराज जोशीले बताउनु भयो भने उता सहयाक जिल्ला शिक्षा अधिकारी जोशीले आफुलाई यो घटना भन्दा अगाडी कुनै कुराको जानकारी नभएको बताउनु भयो ।

उक्त विज्ञप्ती निम्न कुरा माग गरिएको छ
१.उच्च माध्यमिक विद्यालयका दरबन्दीका कोटहरु राजनीतिक भागबण्डाका आधारमा नभई न्यायिक आधारमा विद्यालयमा शिक्षक नियुक्त गरियोस् ।
२.खेताला शिक्षक राख्ने विद्यालय र शिक्षकलाई कार्वाही गरियोस् ।
३.विस्थापित शिक्षकहरुलाई स्थापित गरियोस्
४.विद्यालयमा बालबालिकाहरुलाई नियमानुसार छात्रवृति प्रदान नगर्ने विद्यालयलाई कार्वाही गरियोस् ।
५.काजका शिक्षकहरुलाई तुरुन्त दरबन्दीमा फिर्ता गरियोस ।
६.विदेशी नाम भएका नीजि विद्यालयहरुको नाम तत्काल सच्चाईयोस ।
७.विज्ञान सामग्री न्यायिक प्रणाली दिइनुपर्ने र गएका विज्ञान सामग्रीको उचित निरिक्षण गरियोस ।
८.बालविकास केन्द्रहरुको निरिक्षण गरि बालबालिका भएका विद्यालयमा कोटा वितरण गरियोस । सम्पूर्ण वालविकास केन्द्रका विद्यार्थीहरुको संख्या सार्वजनिक गरियोस् ।
९.भौतिक निर्माणको कार्यक्रमको निरिक्षण गरि प्रतिवेदन सार्वजनिक गरियोस ।
१०.दरबन्दी मिलानका क्रममा सरुवा भएका शिक्षकहरु जस्तै(गोरखनाथ मा.वि.) लगायतका विद्यालयमा शिक्षकहरुलाई तत्काल सम्बन्धित विद्यालयमा पठाइयोस
जस्ता माग राखेको महेशराज जोशी र भिमराज जोशीद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा लेखिएको छ ।
यसरी जिल्ला शिक्षा प्रमुखको कुर्सी जलाउने विद्यार्थीलाई जिल्ला शिक्षा कार्यालयले जाहेरी दिएमा जाहेरीको आधारमा विद्यार्थीहरुलाई कानुन अनुसार कारवाही गरिने प्रहरी नायब उपरीक्षक केदार खनालले बताउनु भयो ।

kanchanpur

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली