३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

आठौ अन्तर मा.वि राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

३ फाल्गुन २०७२, सोमबार ०५:५२

rastrapati running shildभाष्कर के.सी./फागुन ३, कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा आजदेखि कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ स्तरीय आठौं अन्तर माध्यमिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ ।

प्रतियोगिताको उद्घाटन गदै पुर्व मन्त्री एवं एनेकपा माओवादीका प्रदेश नं. ७ का संयोजक लेखराज भट्टले खेलाडी भनेका राष्ट्रका गहना हुन, खेलकुदका माध्यमवाट देशलाई राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा चिनाउने भएकाले सरकारले खेलकुदमा अव गुरु योजना वनाउनु पर्ने वताउनु भएको छ ।

कृष्णपुर नगरपालिका–४ स्थित कृष्ण उच्च माविको प्राङ्गणमा सुरु भएको प्रतियोगितामा क्षेत्र नं. २ का २५ वटा विद्यालयका खेलाडीहरु सहभागी रहेको प्रतियोगिता संयोजक तथा जिल्ला खेलकुद विकास समिति कञ्चनपुरका उपाध्यक्ष ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिनुभयो । प्रतियोगितामा सहभागी विद्यार्थी खेलाडीहरुले भलिबल, कवड्डीका साथै एथ्लेटिक्सका विभिन्न खेलहरुमा प्रतिस्प्रर्धा गर्ने आयोजकले जनाएको छ ।

यसै गरी खेलकुद क्षेत्रमा महत्वपुर्ण योगदान दिएको भन्दै विद्यालयले पाच जना खेलाडीहरुलाई सम्मान गरीएको छ । सम्मानित हुनेमा क्षेत्र नं.–२ का खेलकुद प्रशिक्षक हिक्मत भण्डारी, राष्ट्रिय खेलाडी हरिष भट्ट,कुवेर खडका र हेम राज थापा लाई दोसल्ला सहित प्रशंसा पत्रले सम्मानित गरीएको छ ।

कृष्ण उच्च मावि व्यवस्थापन समितिका अध्यक्ष जगदीश मल्लको सभापतित्वमा भएको प्रतियोगिता उद्घाटन समारोहमा नेपाल शिक्षक संघका केन्द्रिय उपाध्यक्ष सिद्ध राज भट्ट र जिल्ला शिक्षा कार्यालयका विद्यालय निरिक्षक देव दत्त भट्ट विशिष्ट अतिथी रहेका थिए । अतिथीमा स्थानिय राजनैतिक दलका प्रतिनिधी, बक्सिङ्ग ओलम्पियन डम्बर दत्त भट्ट, कर्म बहादुर सिहं ंर विमल खडायत लगायतका खेलकुदका पदाधीकारीहरुको सहभागिता रहेको छ ।

आईतवारवाट शुरु भएको प्रतियोगिता माघ ५ गते बधुबार सम्म सञ्चालन हुनेछ । यहाँका निर्वाचन क्षेत्र स्तरीय प्रतियोगिता सकिएपछि भीमदत्तनगरमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुने आयोजक जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख गोपाल दत्त भट्ट जानकारी दिनु भएको छ ।

सरकाले राष्ट्रपति रनिङ्ग प्रतियोगितामा टिम सहभागिताका आधारमा अधिकतम १० हजार रुपैया प्रतियोगितामा उत्कृष्ट हुने विद्यालय लाई दिने गरेकाले यो वर्ष देखी विद्यालयको संख्या वढेको कार्यालय प्रमुख भट्टले वताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली