2026-09-18 11:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

आठौ अन्तर मा.वि राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

rastrapati running shildभाष्कर के.सी./फागुन ३, कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा आजदेखि कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ स्तरीय आठौं अन्तर माध्यमिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ ।

प्रतियोगिताको उद्घाटन गदै पुर्व मन्त्री एवं एनेकपा माओवादीका प्रदेश नं. ७ का संयोजक लेखराज भट्टले खेलाडी भनेका राष्ट्रका गहना हुन, खेलकुदका माध्यमवाट देशलाई राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा चिनाउने भएकाले सरकारले खेलकुदमा अव गुरु योजना वनाउनु पर्ने वताउनु भएको छ ।

कृष्णपुर नगरपालिका–४ स्थित कृष्ण उच्च माविको प्राङ्गणमा सुरु भएको प्रतियोगितामा क्षेत्र नं. २ का २५ वटा विद्यालयका खेलाडीहरु सहभागी रहेको प्रतियोगिता संयोजक तथा जिल्ला खेलकुद विकास समिति कञ्चनपुरका उपाध्यक्ष ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिनुभयो । प्रतियोगितामा सहभागी विद्यार्थी खेलाडीहरुले भलिबल, कवड्डीका साथै एथ्लेटिक्सका विभिन्न खेलहरुमा प्रतिस्प्रर्धा गर्ने आयोजकले जनाएको छ ।

यसै गरी खेलकुद क्षेत्रमा महत्वपुर्ण योगदान दिएको भन्दै विद्यालयले पाच जना खेलाडीहरुलाई सम्मान गरीएको छ । सम्मानित हुनेमा क्षेत्र नं.–२ का खेलकुद प्रशिक्षक हिक्मत भण्डारी, राष्ट्रिय खेलाडी हरिष भट्ट,कुवेर खडका र हेम राज थापा लाई दोसल्ला सहित प्रशंसा पत्रले सम्मानित गरीएको छ ।

कृष्ण उच्च मावि व्यवस्थापन समितिका अध्यक्ष जगदीश मल्लको सभापतित्वमा भएको प्रतियोगिता उद्घाटन समारोहमा नेपाल शिक्षक संघका केन्द्रिय उपाध्यक्ष सिद्ध राज भट्ट र जिल्ला शिक्षा कार्यालयका विद्यालय निरिक्षक देव दत्त भट्ट विशिष्ट अतिथी रहेका थिए । अतिथीमा स्थानिय राजनैतिक दलका प्रतिनिधी, बक्सिङ्ग ओलम्पियन डम्बर दत्त भट्ट, कर्म बहादुर सिहं ंर विमल खडायत लगायतका खेलकुदका पदाधीकारीहरुको सहभागिता रहेको छ ।

आईतवारवाट शुरु भएको प्रतियोगिता माघ ५ गते बधुबार सम्म सञ्चालन हुनेछ । यहाँका निर्वाचन क्षेत्र स्तरीय प्रतियोगिता सकिएपछि भीमदत्तनगरमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुने आयोजक जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख गोपाल दत्त भट्ट जानकारी दिनु भएको छ ।

सरकाले राष्ट्रपति रनिङ्ग प्रतियोगितामा टिम सहभागिताका आधारमा अधिकतम १० हजार रुपैया प्रतियोगितामा उत्कृष्ट हुने विद्यालय लाई दिने गरेकाले यो वर्ष देखी विद्यालयको संख्या वढेको कार्यालय प्रमुख भट्टले वताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई