जेठ ६, बैतडी | हावाहुरीले १९ विद्यालय भवनका छाना उडाउँदा रु ३६ लाख बराबरको क्षति भएको छ । 

जिल्ला शिक्षा कार्यालयमा प्राप्त पछिल्लो तथ्याङ्कानुसार केही द"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ ६, बैतडी | हावाहुरीले १९ विद्यालय भवनका छाना उडाउँदा रु ३६ लाख बराबरको क्षति भएको छ । 

जिल्ला शिक्षा कार्यालयमा प्राप्त पछिल्लो तथ्याङ्कानुसार केही द"/>

2026-09-19 09:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा हावाहुरीबाट १९ विद्यालयमा रु ३६ लाखको क्षति

जेठ ६, बैतडी | हावाहुरीले १९ विद्यालय भवनका छाना उडाउँदा रु ३६ लाख बराबरको क्षति भएको छ । 

जिल्ला शिक्षा कार्यालयमा प्राप्त पछिल्लो तथ्याङ्कानुसार केही दिनअघिदेखि साँझपख वर्षासँगै आइरहेको हावाहुरीले ती विद्यालयका छाना उडाउँदा पठनपाठन समेत प्रभावित बनेको छ । 

जिल्ला शिक्षा अधिकारी लालसिंह टेरका अनुसार जिल्लाको मेलौली नगरपालिकामा रहेको सुदर्शन मावि लिखोडा र पुर्चौडीमा रहेको महादेव मावि भटनामा हावाहुरीले सबैभन्दा बढी क्षति गरेको छ । सुदर्शन माविमा रु पाँच लाख ५० हजार र महादेव माविमा रु तीन लाख ५० हजार बराबरको क्षति भएको बताइएको छ । 

यस्तै कफलाशैनी मावि पुजारी गाउँ, पुजारीखेत आधारभूत विद्यालय, केदार प्रावि मौरल्ला विजयपुर, गणेश मावि लेकम बस्ती सिगास र शिव निमावि गड्तौलाको छाना उडाएको छ । कालिका मावि सिद्धपुर, भुवनेश्वर मावि ठाँड बगाडी, निमावि पच्कोरा, नेपाल राष्ट्रिय निमावि गुरुखोला र देउमडा प्रावि गुरुखोलालगायत विद्यालयको पनि छाना उडाएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । 

विद्यालयको छाना नभएपछि पानी परेका बेला विद्यालय बन्द गर्नु परिरहेको विद्यालयले जनाएका छन् । क्षति पुगेका विद्यालयको विवरण शिक्षा विभागमा पठाइसकिएको छ । तत्काल विद्यार्थी बस्नै नमिल्ने विद्यालयका लागि जिल्ला दैवीप्रकोप उद्धार समितिले त्रिपालको व्यवस्था गर्ने जिल्ला शिक्षा अधिकारी टेरले बताउनुभयो । बैतडीका अन्य विद्यालयमा पनि हावाहुरीले गरेको क्षतिको विवरण सङ्कलन भइरहेको जनाइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई