2026-09-18 11:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

बेल्डाँडी नगरपालिका भईसकेपछि सडक कालोपत्रेको काम शरु

फागुन ३, कञ्चनपुर । कञ्चनपुरको दक्षिणि क्षेत्र बेल्डाँडी नगरपालिका नगरपालिकामा परिणत भए पछि मात्र बेल्डाँडी नगरपालिकाको चवन्नीवजारमा सडक कालोपत्रेको काम शुचारु भएको छ ।

गाविसले नगरपालिका हुनको लागी कालोपत्रे अनिर्वाय भएको हुनुपर्ने नगर मापदण्डले स्पष्ट जनाएको हुन्छ । तर बेल्डाँडी नगरपालिका हुनको लागी नेताहरुको घोष्टे बलले नगरपालिका भएको स्थानिय वासिकोहरुको आरोप रहेको छ ।

बेल्डाँडी नगरपालिकाको चवन्नीवजारमा सडक बिभागको २०लाख रकम बरावरको ४सय मिटर कालोपत्रे भईरहेको चवन्नीवजार वजार ब्यवस्थापन समितिले जनाएको छ ।

कपिल निर्माण सेवा कम्पनीले निर्माणको काम गत महिनाको पहिलो सातादेखी काम शुरुगरेको निर्माण ब्यवसायी दिपेन्द्र भट्टले बताए । उनले भने देशमा भएको अघोषित नाकाबन्दिले गर्दा काम गर्नमा वाधा आएको र अहिले हल्का समस्या सामाधान भएको दुःखेसो समेत सुनाए ।

चवन्नीवजार लाई बजार ब्यवस्थापन गर्नमा कालोपत्रेले पनि ठुलो सहयोग पुग्ने चवन्नीवजार ब्यवस्थापन समितिका अध्यक्ष यज्ञराज भट्टले बताए । उनका अनुसार काम एकदमै राम्रो र दुरुस्त गतिमा भईरहेको जनाए ।

चवन्नीवजारमा पहिलो पल्ट कालोपत्रे भईरहेको देख्दा स्थानिय वासिहरुमा खुसी छाएको छ । यो बजारसंग सदरमुकाम जोडीने सबै भन्दा छोटो दुरीको सडक दैजीबेल्डाँडी सडक खण्ड छिट्टो कालोपत्रे हुनुपर्ने माग स्थानियको रहदै आएको छ ।

एक स्थानिय ब्यापारी केशव ठकुराठीले भने दैजीबेल्डाँडी सडक कालोपत्रे भए विद्यार्थी, किसान, ब्यापारी, लगाएत सबै लाभाम्बित हुने बताए । उनले भने यो सडक छिटो कालोपत्रे भए सदरमुकाम पढ्न जाने बिद्यार्थी बिहान घरै देखी अफडाउन गर्न सक्ने बताए । -विमल धामीबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई