2026-10-15 01:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

धादिङ्गमा एमाले-कांग्रेस झडप, गाउँपालिका अध्यक्ष सहित आधा दर्जन घाइते

जेठ ६, धादिङ्ग | धादिङ्गको ज्वालामुखी गाउँपालिका स्थित उखुबारीमा एमाले-कांग्रेसबीच झडप हुँदा नवनिर्वाचित गाउँपालिका अध्यक्ष बिनोद तिमल्सिना सहित आधा दर्जनबढी घाइते भएका छन् ।

कांग्रेसद्वारा सनिबार बिहान मैदीमा बिजयी जुलुस लगाउने क्रममा एमाले कार्यकर्ताले कांग्रेसको झण्डा र ब्यानर च्यातेको बिषयलाई लिएर बिबाद सिर्जना भएको हो । 

झडपमा बोत्तल, ढुंगा र चिर्पट समेत प्रहार भएका थिए। एमालेले हानेको ढुंगाबाट गाउँपालिका अध्यक्ष बिनोद तिमल्सिनाको टाउको फुटेको छ भने नेपाली कांग्रेसका जिल्ला कमिटि सदस्य नरेन्द्र भट्ट गम्भिर घाइते भएका छन् । त्यस्तै कांग्रेसका यामनाथ दनै, दामोदर भट्ट सहित ६ जना घाइते भएको गाउँपालिका अध्यक्ष बिनोद तिमल्सिनाले साझा सबाललाई बताएका छन् । अध्यक्ष तिमल्सिनाका अनुसार विजय जुलुस मनाएर फर्कनेक्रममा गाडीमा आएको एमालेले कांग्रेसलाई आक्रमण गरेको थियो ।

धादिङबाट पत्रकार मनिष दुवाडीका अनुसार एमालेको प्रहारबाट घाइते भएका कांग्रेसका जिल्ला कमिटि सदस्य नरेन्द्र भट्ट र दामोदर भट्टलाई टाउकोमा गम्भीर चोट देखिएपछी धादिङ्ग अस्पतालबाट काठमाडौँ रिफर गरिएको छ ।

कांग्रेसले एमालेले सुनियोजित ढंगले कांग्रेसमाथि आक्रमण गरेको बताएको छ ।

माथिको अघिल्लो तश्विरमा: गम्भीर घाइते भएका नेपाली कांग्रेस, जिल्ला कमिटि सदस्य नरेन्द्र भट्ट र पछिल्लो तश्विरमा: टाउकोमा चोट लागेको अवस्थामा नवनिर्वाचित गाउँपालिका अध्यक्ष बिनोद तिमल्सिना | तश्विर: मनिष दुवाडी (धादिङ्ग)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने